असोज १५, २०८३ बिहिबार October 1, 2026

तयारी अचारको खतरा : आन्द्राको रोगदेखि उच्च रक्तचापसम्म

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

खाना खाइरहँदा हामीलाई थालमा थोरै चटनी वा अचार चाहिन्छ । अचार भएमा खानाको स्वाद तिख्खर हुन्छ । अचार बनाउन गाह्रो छैन, न समय नै लाग्छ । सिलाम, गोलभेंडा, मुला, कांक्रा आदि जे उपलब्ध छ, त्यसैमा नुन र खुर्सानी पिसेर अचार बनाए पुग्छ । तर, हामीलाई घरमै यसरी ताजा अचार बनाएर खाने जाँगर चल्दैन । किनभने बजारमा तयारी अचार जतिपनि पाइन्छन् ।

प्याकेट वा प्लाष्टिकको बोत्तलमा आकर्षक ढंगले सजाइएका तयारी अचार ठूला सपिङ कम्प्लेक्सदेखि साना किराना पसलसम्ममा उपलब्ध हुन्छ । त्यसैगरी कतिपयले मुला, खुर्सानी, अदुवा, कागति आदिको अचार बनाएर यसरी नै भण्डारण गर्छन् ।

तयारी वा बजारको अचारले जिब्रोको तलतल त मेट्छ, तर पेटलाई रोगी बनाउँछ । अचार (बोतलमा खाँदेको) मा अत्यधिक मात्रामा प्रयोग हुने तेल, नुन र मसाला हुन्छन्, जुन स्वास्थका लागि हानिकारक मानिन्छ ।

जानकारहरुका अनुसार जो व्यक्ति धेरै मात्रामा अचारको सेवन गर्छन् । उनीहरुलाई मुटु सम्बन्धी रोग, सुगर, अल्सर, आन्द्राको रोग हुने सम्भावना धेरै हुन्छ । त्यसैले आज हामीले अचार खाँदा हुने शारीरिक समस्याहरुका बारेमा केही जानकारीहरुको बारेमा चर्चा गर्नेछौं ।

आन्द्रा सुन्निन सक्छ

बढी मात्रामा अचार खानाले आन्द्रा सुन्निने खतरा हुन्छ । किनभने अचारले शरीरमा पानीलाई अवरोध गर्छ ।

अल्सरको खतरा

अचार बनाउँदा धेरै मसलाको प्रयोग गरिन्छ । त्यस्ता प्रकारका मसलाहरुले सबैलाई राम्रो गर्छ भन्ने हुँदैन । त्यसले आन्द्रामा अल्सर हुने सम्भावना पनि तीब्र हुन्छ ।

हाई ब्लड प्रेसरको खतरा

जुन व्यक्तिलाई ब्लड प्रेसरको समस्या छ । उनीहरुले अचारबाट टाढा रहनु आवश्यक छ । अचारमा समावेश गरिने अत्यधिक मात्राको नुनले ब्लड प्रेसर बढ्ने खतरा हुन्छ ।

मुटु सम्बन्धी रोग

अचार छिट्टै नबिगि्रयोस् भनेर अचारमा तेल हालिन्छ । मुटुको लागि धेरै तेल सेवन हानिकारक हुन्छ । यस्तो अचार खाँदा मुटुको रोग हुने खतरा धेरै हुन्छ ।

क्यान्सर हुन सक्छ

विशेषज्ञहरुका अनुसार धेरै अचार सेवन गर्नाले ग्याष्ट्रिक पछि हुने क्यान्सरको खतरा बढी हुन्छ । त्यसैले धेरै अचारको सेवन गर्नुबाट बच्नु पर्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रियसभा बैठक : दुई रिक्त पद पूर्ति गर्ने तयारीदेखि विपद् अध्ययन समितिसम्म
२०८३ असोज १५, बिहिबार
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाली राजदूत अर्न्स्टबीच भेटवार्ता
२०८३ असोज १५, बिहिबार
नेपाल टेलिकमको एनटीटिभीमा ‘भर्चुअल सेट–टप बक्स’ सुविधा
२०८३ असोज १५, बिहिबार
‘सरकारको छ महिना जनअपेक्षाअनुसार उपलब्धिपूर्ण भएन’ : भीष्मराज आङ्देम्बे
२०८३ असोज १५, बिहिबार
वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै
२०८३ असोज १५, बिहिबार