असार २३, २०८२ सोमबार July 7, 2025

श्रीमतीको हत्या पश्चात श्रीमानले गरे आत्महत्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भोजपुरको षडानन्द नगरपालिका -९ ताल खर्कका ४० वर्षीय बुद्धिमान राईले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

राईले शुक्रवार राति २८ वर्षीया श्रीमती इन्द्रकलालाई खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। प्रहरीका अनुसार राईले श्रीमतीको हत्या गरी घर नजिकैको दुधिलोको रुखमा झुण्डिएर आत्माहत्या गरेका छन् ।

बाबुले आमामाथि खुकुरी प्रहार गरेको देखेपछि ८ वर्षीय छोराले स्थानीय छिमेकीलाई खबर गरेका थिए। घटनाको जानकारी पाएपछि पुग्दा इन्द्रकलाको मृत्यु भइसकेको स्थानीयले जानकारी दिएका छन्। बुद्धिमानको पनि खोजी गर्दा रुखमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी राजकुमार राईले बताए। दुवैको शव पोस्टमार्ट गर्न अस्पताल लगिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
“एएफसी छनोटबाट धेरै सकारात्मक ऊर्जा लिएर फर्किएकी छु” – कप्तान सावित्रा भण्डारीः
२०८२ असार २३, सोमबार
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द
२०८२ असार २३, सोमबार
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार