असोज १२, २०८३ सोमबार September 28, 2026

अब ट्वीटर प्रयोगकर्ताले आफ्ना पुराना ट्वीट लुकाउन सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः प्रयोगकर्ताको गोपनियतालाई अझ बढी प्रभावकारी बनाउने उद्देश्यका साथ ट्वीटरले पुराना ट्वीट लुकाउन सक्ने फिचर उपलब्ध गराउने भएको छ । त्यसका लागि कम्पनीले ‘आर्काइभ’ अप्सन थप गर्ने जनाइएको छ ।

यसको अर्थ तपाईंले उक्त अप्सनमार्फत पुराना ट्वीटलाई आर्काइभ गरेर राख्न सक्नुहुनेछ । जुन अन्य प्रयोगकर्ताले देख्न पाउने छैनन् । उक्त अप्सनमा प्रयोगकर्ताले ३०, ६०, ९० दिन अथवा पुरै एक वर्षकै ट्वीटलाई आर्काइभ गरेर राख्न सकिने जनाइएको छ ।

यसका साथै तपाईंले लाइक गर्नु भएको ट्वीट कसले हेर्न सक्छ भन्ने विषय पनि प्रयोगकर्ता आफैले निर्धारण गर्न सक्ने गरी नयाँ फिचरको तयारी भइरहेको उल्लेख गरिएको छ ।

प्रयोगकर्ताको आफ्नो सोसल मिडियासँग सम्बन्धित गोपनियतालाई कायम राख्नका लागि यो फिचर उपलब्ध गराउने तयारी भएको हो । त्यसैले कम्पनीले यसलाई ‘सोसल प्राइभेसी’ का रुपमा लिएको छ । जसले प्रयोगकर्तालाई ट्वीटरमा सक्रिय हुन अझ बढी सहजता प्रदान गर्ने अपेक्षा कम्पनीको छ । – टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन
२०८३ असोज ११, आइतबार
सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण : डा गुणाकर भट्ट
२०८३ असोज ११, आइतबार
‘नेपाली डायस्पोरा आर्थिक रूपान्तरणको महत्वपूर्ण साझेदार’ : परराष्ट्रमन्त्री
२०८३ असोज ११, आइतबार
बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा
२०८३ असोज ११, आइतबार
पर्यटन विकासका लागि अन्तर मन्त्रालय समन्वय आवश्यक छ : मन्त्री पौडेल
२०८३ असोज ११, आइतबार
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा
२०८३ असोज ११, आइतबार
गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार
२०८३ असोज ११, आइतबार