असोज १२, २०८३ सोमबार September 28, 2026

इन्टरनेट सेवामा समस्याः सार्वजनिक निकाय र बैंकको सेवा ठप्प

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः इन्टरनेट सेवामा समस्या देखिएपछि म्याग्दीमा सार्वजनिक निकाय र बैंकको सेवा ठप्प भएको छ ।

पर्वतमा पहिराले इन्टरनेटको फाइबर चुँडाएपछि म्याग्दीमा सरकारी कार्यालय, बैंक, वित्तीय र सहकारी संस्थाको सेवा ठप्प बनेको हो । मध्यपहाडी लोकमार्गको पर्वत खण्डको विभिन्न ठाउँमा पहिराले विद्युत्, सडक र सञ्चारसँग सम्बन्धित पूर्वाधारमा ठूलो क्षति पुगेको छ ।

सरकारी स्वामित्वको नेपाल टेलिकम र निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनीको फाइबर पहिराले चुँडाएकाले इन्टरनेटको सहायताले प्रदान गरिने सेवा ठप्प बनेको हो । मेघा बैंकको बेनी शाखाका प्रबन्धक कुमार ढुङ्गानाले पहिराका कारण सर्भर र इन्टरनेटको सम्पर्क विच्छेद भएकाले सेवा ठप्प भएको बताउनुभयो ।

चेक, विद्युतीय माध्यम र एटिएममार्फत हुने भुक्तानी, बचतको काम नहुँदा सर्वसाधारण, व्यवसायीलाई आर्थिक कारोवारमा समस्या भएको छ । जिल्ला प्रशासन, मालपोतलगायत अन्य सरकारी कार्यालयको सेवा पनि सर्वरको समस्याका कारण ठप्प भएको कर्मचारीले बताएका छन् । म्याग्दीमा विभिन्न बैंकका ३० भन्दा बढी शाखा छन् ।

नेपाल टेलिकम म्याग्दीका प्रमुख विष्णुदेव शाहले पहिराले क्षति पु¥याएको फाइबरमर्मत गरेर आज साँझसम्म इन्टरनेट सेवा सूचारु गराउन प्रयास भइरहेको बताउनुभयो । बिहीबार रातिदेखि म्याग्दी, बागलुङ, मुस्ताङ र पर्वत जिल्लामा सडक, सञ्चार र विद्युत् सम्पर्क विच्छेद भएको थियो ।

नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख प्रशान्त झाका अनुसार पर्वतस्थित मोदी र तल्लो मोदी जलविद्युत् आयोजनाको बीचमा रहेको १३२ केभी क्षमताको टावर ढलेपछि अवरुद्ध बनेको विद्युत् सुविधा वैकल्पिक पोल बनाएर आपूर्ति गराउन थालिएको छ । टावर ढलेपछि म्याग्दीको ४२ मेगावाट क्षमताको म्रिस्तीखोला, ५ मेगावाट क्षमताको घलेम्दीखोला, १३ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाबाट उत्पादित राष्ट्रिय प्रणालीमा जोडिन सकेको छैन् ।

म्याग्दी, मुस्ताङ, पर्वत र बागलुङलाई गण्डकी प्रदेशको राजधानी पोखरा हुँदै काठमाडौँलगायत देशका विभिन्न सहर जोड्ने मध्यपहाडी लोकमार्गको पर्वत खण्डको सडक शुक्रबारदेखि अवरुद्ध छ । सडक अवरुद्ध हुँदा गम्भीर अवस्थाका बिरामीलाई धौलागिरि क्षेत्र बाहिरका अस्पतालमा पु¥याउन हेलिकप्टर चार्टर गरेका छन् । पहिरोमा परेर पर्वतमा १० जनाको मृत्यु र एक जना बेपत्ता भएका छन् ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन
२०८३ असोज ११, आइतबार
सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण : डा गुणाकर भट्ट
२०८३ असोज ११, आइतबार
‘नेपाली डायस्पोरा आर्थिक रूपान्तरणको महत्वपूर्ण साझेदार’ : परराष्ट्रमन्त्री
२०८३ असोज ११, आइतबार
बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा
२०८३ असोज ११, आइतबार
पर्यटन विकासका लागि अन्तर मन्त्रालय समन्वय आवश्यक छ : मन्त्री पौडेल
२०८३ असोज ११, आइतबार
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा
२०८३ असोज ११, आइतबार
गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार
२०८३ असोज ११, आइतबार