असार २३, २०८२ सोमबार July 7, 2025

जसपाका थप तीन सांसदले रोजे महन्त ठाकुरको लोसपा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जनता समाजवादी पार्टीकी प्रदेश सांसद रानी शर्मा तिवारीसहित तीन जना सासदले लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गरेका छन् ।

आइतवार दिउँसो जनकपुरस्थित प्रदेश २ निर्वाचन कार्यालय पुगेर प्रदेश सांसद अभिराम शर्मा, रानी शर्मा तिवारी र उपेन्द्र महतो लोसपामा सनाखत गरको हुन् । योसँगै जसपाका ५५ सासद मध्ये १५ जनाले लोसपा रोजेका छन् ।

लोसपातर्फ खुलेका निर्वातमान भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोलनले अझै सनाखत गरेका छैन । उनले सनाखतको म्याद सकिने अन्तिम दिन सनाखत गर्ने बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया