भाद्र ९, २०८३ मंगलबार August 25, 2026

ब्रजेशको बाल उपन्यास ‘सुरुङको बाटो’ बजारमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चर्चित लेखक ब्रजेश खनालद्वारा लिखित बाल उपन्यास ‘सुरुङको बाटो’ शनिबारदेखि बजारमा आएको छ।

यसअघि दुई उपन्यास यायावर र जुनेली साथै संस्मरण पुस्तक साइड हिरो प्रकाशन गरिसकेका ब्रजेशले पछिल्लो कृती बाल उपन्यासमा कलम चलाएका हुन्। बाल साहित्यका क्षेत्रमैं केन्द्रित भएर केहि वर्षदेखि विभिन्न प्रकाशनहरु बजारमा ल्याइरहेको परिचय पब्लिकेसनले सुरुङको बाटो प्रकाशन गरेको हो।

‘जुन किसिमका बाल साहित्य पढेर म रोमाञ्चित हुन्थेँ, हाम्रो भाषामा पनि केहि त्यस्तै पुस्तकहरु भए कस्तो होला भन्ने बेलाबेला मलाई लागिरहन्थ्यो। म आफैँ त्यस्तो केहि लेख्न चाहन्थेँ,’ ब्रजेशले सो बाल उपन्यास लेख्नुपछाडिको हुटहुटीबारे भनेका छन्।

यो पुस्तक किशोरावस्थाको शुरुवातदेखि कक्षा १० सम्मको उमेर समूहलाई लक्षित गरि ल्याइएको परिचय पब्लिकेसनका नवीन खतिवडाले नेपालखबरसँग भने। ‘यो उमेर समूहका लागि उचित विषयवस्तु सहितका पुस्तकहरु बजारमा अझैपनि कम भएका कारण सो पुस्तक प्रकासन गरिएको हो,’ खतिवडाले भने।

पुस्तक कक्षा ९ र १० मा अध्ययनरत् मानुश्री महत र अनुज्ञा नेपाल र लेखक सुलोचना मानन्धरद्वारा संयुक्तरुपमा काठमाडौंमा विमोजन गरिएको थियो। ३०० पृष्ठको सो पुस्तकको मूल्य रु. ३०० छ।

‘अहिलेसम्म म अन्य उमेर समूहका लागि लेख्दै आएको हुँ। यो पुस्ताले पनि मेरो यस कृतिमार्फत् स्वीकार गर्यो भने नयाँ पुस्ताका लागि अरु पनि लेख्नेछु,’ ब्रजेशले विमोचन कार्यक्रममा भने।

उनी उपन्यास र संस्मरणबाहेक टेलिफिल्म र चलचित्रमा लेखन र अभिनयमा स्थापित छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ
२०८३ भाद्र ९, मंगलबार
राष्ट्रपतिद्वारा चाँगुनारायणको प्रसाद ग्रहण
२०८३ भाद्र ९, मंगलबार
सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल
२०८३ भाद्र ९, मंगलबार
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी
२०८३ भाद्र ९, मंगलबार
उनेपाले विद्युत् महसुलको भ्याट हटाउने, डेडिकेटेड–ट्रंक लाइनको बक्यौता असुल्ने
२०८३ भाद्र ९, मंगलबार
प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही
२०८३ भाद्र ९, मंगलबार
चीनबाट जनै आयात भएको तथ्याङ्क भेटिएन
२०८३ भाद्र ९, मंगलबार