श्रावण २६, २०८३ मंगलबार August 11, 2026

नेपाल टेलिकमले फाइभ जी परीक्षणको तयारी गर्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल टेलिकमले फोरजी सेवालाई सुधार गर्दै फाइभ जीको परीक्षण गर्ने तयारी गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दै नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले सो जानकारी दिएका हुन ।

उनले टेलिकमको व्यवसाय नाफामुखी नभएर सेवामुखी रहेको उल्लेख गर्दै कोभिडको महामारीका बेला अत्यान्तै न्यून दरमा सेवा उपलब्ध गराएर इन्टरनेटको पहुँच नभएका विद्यार्थी तथा शिक्षकमार्फत् शैक्षिक गतिविधि सुचारु राख्न मद्दत पुर्‍याएको बताए । टेलिकमकै कारण प्रतिस्पर्धी कम्पनीहरूले महशुल घटाएका कारण प्रयोगकर्ताले सस्तोमा दूरसञ्चार र इन्टरनेटको सेवा प्रयोग गर्ने सम्भव भएको उल्लेख गर्दै टेलिकमले ग्राहकको गुनासो सम्बोधन गर्न प्रतिबद्ध रहेको अधिकारीको भनाइ छ ।

काठमाडौं उपत्यकामै कयौं स्थानका घरधनीले टावर राख्न नदिएका कारण गुणस्तरीय सेवा प्रवाहमा समस्या भएको भन्दै उनले सकभर सेवाको गुणस्तर बढाउन टेलिकम प्रयत्नशील रहेको बताए ।

चालू आर्थिक वर्षमा नेपाल टेलिकमले फाइभ जीको परीक्षण गर्ने बाहेक व्यावसायिक सेवा सञ्चालनको तयारी गर्ने, स्थानीय टेलिफोन तथा एडीएसएललाई फाइबरमा रुपान्तरण गर्ने, मोबाइल फाइन्सान्स सर्भिस सञ्चालनमा ल्याउनेलगायतका लक्ष्यहरू राखेको छ ।

त्यस्तै सबै स्थानीय तहमा डिजिटल एजुकेसन, टेलि मेडिसिन र ई–गर्भनेन्सलाई सहयोग पुग्ने गरी पूर्वाधारको विकास गर्ने, डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनको लागि देशव्यापीरूपमा ब्रोडब्यानड इन्टरनेट उपलब्ध गराउन पूर्वाधारको विकास गर्नेलगायतका नीति अगाडि सारेको छ ।

टेलिकमअन्तर्गत टेलिफोनको घनत्व ७० दशमलव ४० प्रतिशत पुगेको छ । त्यस्तै इन्टरनेट ६८ दशमलव २६ प्रतिशत, मोबाइल ग्राहक २ करोडभन्दा माथि रहेको जनएको छ । -नेपाल समाचारपत्र दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ
२०८३ श्रावण २६, मंगलबार
विद्यालयमै प्रधानाध्यापकले छात्रामाथि बलात्कार गरेको आरोप
२०८३ श्रावण २६, मंगलबार
गणपुरक सङ्ख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक निर्णायार्थ पेश हुन सकेन
२०८३ श्रावण २६, मंगलबार
एमाले र नेकपाद्वारा प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार तय
२०८३ श्रावण २६, मंगलबार
एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
२०८३ श्रावण २६, मंगलबार
सभामुख अर्यालसँग नेपालका लागि अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेट
२०८३ श्रावण २६, मंगलबार
इरानले गरेको क्षतिको मूल्य चुकाउनुपर्छ : ट्रम्प
२०८३ श्रावण २६, मंगलबार