असार २३, २०८२ सोमबार July 7, 2025

एकीकृत समाजवादी संसदीय दलको बैठक बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ गठबन्धनको चौथो दल नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक बस्दै छ । नयाँ बानेश्वरस्थित संसद् भवनको शङ्कर हलमा बुधबार २ बजे बैठक बस्न लागेको हो ।

बुधबार ४ बजे सुरु हुने प्रतिनिधि र राष्ट्रिय सभा गरी दुवै संसद्को बैठकमा रणनीति बनाउन बैठक बस्न लागेको नेता जीवनराम श्रेष्ठले जानकारी दिए ।

एमाले विभाजनपछि बनेको एकीकृत समाजवादी पहिलोपटक संसद्को बैठकमा सहभागी हुँदै छ । योबीचमा एकीकृत समाजवादी संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन भएका छन् ।

एमाले विभाजन भएर बनेको एकीकृत समाजवादी संसदको चौथो ठूला दलका रुपमा उदाएको छ । उक्त पार्टीसँग प्रतिनिधिसभामा २३ र राष्ट्रिय सभामा ८ जना सांसद छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया