असोज १२, २०८३ सोमबार September 28, 2026

इन्टरनेटको मूल्य ३ सय रुपैयाँसम्म बढाउने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः  इन्टरनेट सेवा प्रदायकहरूले इन्टरनेटको मूल्य बढाउने भएका छन् ।

बुधबार बसेको इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) को बैठकले ग्रामीण क्षेत्रमा प्रतिग्राहक तीन सय र सहरी क्षेत्रमा प्रतिग्राहक एक सय ५० रुपैयाँका दरले इन्टरनेटको मूल्य बढाउने निर्णय गरेको हो ।

सुबिसु, वर्ल्डलिंक, भायानेट, क्लासिकटेक, इस्टलिंक लगायत ठूला सेवा प्रदायकका पत्र संकलन भइसकेका छन् । आइस्पानमा पत्र बुझाउनका लागि सेवा प्रदायकलाई बिहीबार साँझ ४ बजेसम्मको समय दिइएको र त्यसपश्चात् संकलन भएको पत्र प्राधिकरणमा एकमुस्ट बुझाइने भएको छ ।

यसअघि नेपाल विद्युत प्राधिकरणले आफ्नो ओपीजी फाइबरको भाडादर वृद्धि गरी एक वर्षमा प्रतिकिमी कर बाहेक ३२ हजार पुर्‍याएको थियो । जुन पहिलेको तुलनामा दोब्बर हो ।

विद्युत प्राधिकरणले इन्टरनेट सेवा प्रदायकसँग समन्वय नै नगरी एकतर्फी रुपमा विद्युत पोलको भाडादर बढाउँदा सञ्चालन खर्च बढेको भन्दै सेवा प्रदायकले नेपाल दूरसञ्चार प्राधिकरण समक्ष गुनासो गर्दै आएका थिए । टेकपानाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन
२०८३ असोज ११, आइतबार
सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण : डा गुणाकर भट्ट
२०८३ असोज ११, आइतबार
‘नेपाली डायस्पोरा आर्थिक रूपान्तरणको महत्वपूर्ण साझेदार’ : परराष्ट्रमन्त्री
२०८३ असोज ११, आइतबार
बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा
२०८३ असोज ११, आइतबार
पर्यटन विकासका लागि अन्तर मन्त्रालय समन्वय आवश्यक छ : मन्त्री पौडेल
२०८३ असोज ११, आइतबार
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा
२०८३ असोज ११, आइतबार
गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार
२०८३ असोज ११, आइतबार