असार २५, २०८२ बुधबार July 9, 2025

अन्तरविद्यालय तेक्वान्दोको उपाधी बालाजुलाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: बालाजु तेक्वान्दो डोजाङले प्रथम मैत्रीपूर्ण अन्तरविद्यालय तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ । आठ स्वर्ण, एक रजत र ६ कास्यका साथ बालाजु च्याम्पियन बनेको हो ।

तेक्वान्दो डोजाङका आयोजनामा टोखामा भएको उक्त प्रतियोगितामा नागार्जुन तेक्वान्दो डोजाङ ६ स्वर्ण, सात रजत र १२ कास्यसहित दोस्रो भयो। यस्तै, आयोजक फ्रेन्डसिप ‘ए’ले पाँच स्वर्ण, सात रजत र पाँच तथा ‘बी’ले एक स्वर्ण, तीन रजत र तीन कास्य पदक प्राप्त गर्यो ।

प्रतियोगितामा पुरुषतर्फ आयोजक टोलीका सोहन श्रेष्ठ तथा महिलातर्फ मैजुकुमारीकी दीक्षा तामाङ उत्कृष्ट खेलाडी घोषित भए। धर्मस्थलीले उदीयमान टोलीको उपाधि जित्यो भने एपीएस स्कुल अनुशासित टोली घोषित भयो ।

विजेतालाई काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष अशोक खड्का, टोखा नगरपालिका–२ का वडाध्यक्ष दीपकराज जोशी, गजराज मेमोरियल ट्रष्टका अध्यक्ष मनीषराज जोशी, प्रतियोगिता संयोजक सानुबाबु महर्जन, आयोजक डोजाङका प्रमुख सुसन श्रेष्ठलगायतले पुरस्कार प्रदान गरे। प्रतियोगितामा एक सय २० खेलाडीले २३ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया