काठमाडौंः आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक श्रङ्खलाअन्तर्गत ओमानमाथि नेपालले शानदार जित हात पारेको छ ।
ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाल ७ विकेटले विजयी भएको हो । ओमानले प्रस्तुत गरेको १२२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १८.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो ।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अविजित ५२ रन बनाए । ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले क्रमश: ६ र ४० रन जोडे । रोहित पौडेलले ६ रनको योगदान गरे ।
ओमानका लागि कालेमुल्लाहा र नेस्टोर धाम्बाले एक/एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको ओमानले ३७.१ ओभरमा १० विकेट नै गुमाएर १२१ रन बनाएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया