असार २३, २०८२ सोमबार July 7, 2025

संखुवासभा सामूहिक हत्या प्रकरण : लोकबहादुर होइन, खड्गबहादुर कार्की मुख्य योजनाकार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः संखुवासभाको मादी खोलागाउँमा एकै परिवारका ६ जनाको सामूहिक हत्या प्रकरणमा नयाँ रहस्य खुलेको छ । यसअघि प्रहरीले हत्याकाण्डमा मुख्य आरोपी भन्दै लोकबहादुर कार्कीलाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।

तर, सो हत्याकाण्डमा अन्य चारजना आरोपीलाई पनि प्रहरीले सार्वजनिक गरेको छ । हत्याका मुख्य योजनाकार ४७ वर्षीय खड्गबहादुर कार्की रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाले घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका थप चारजनालाई सोमबार बिहान सार्वजनिक गरेको हो । हत्या घटनामा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्कीको संलग्नता देखिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

गत २१ भदौमा ८२ वर्षीया पार्वती कार्की, उनका ५५ वर्षीय छोरा तेजकुमार कार्की, ५४ वर्षीया बुहारी मनमाया कार्की, ३२ वर्षीया नातिनी बुहारी रञ्जना कार्की, आठ वर्षीय नाति दिवेन कार्की र पाँच वर्षीया नातिनी गोमा कार्कीको हत्या भएको थियो ।

यसअघि पक्राउ परेका लोकबहादुरले आफूमाथि विभिन्न लाञ्छना लगाएको, हेपेकाले तेजबहादुरको हत्या गरेको र अन्यले पनि देखेकाले थप पाँचजनाको हत्या गरेको बयान दिएको प्रहरीले जनाएको थियो । – न्युज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार