असोज १२, २०८३ सोमबार September 28, 2026

बालबालिकालाई दिनमा ४० मिनेटभन्दा बढी टिकटक चलाउन नपाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः सामाजिक सञ्जाल टिकटकले ‘युथ मोड’ सार्वजनिक गर्दै बालबालिकालाई टिकटकमा नियन्त्रण गर्न सुरु गरेको छ ।

याे फिचरमार्फत टिकटककाे अभिभावक कम्पनी बाइटड्यान्सले बालबालिकालाई दिनमा ४० मिनेटभन्दा बढी टिकटकमा बिताउन नमिल्ने व्यवस्था गरेको हो ।

कम्पनीले शनिबारदेखि टिकटककाे चिनियाँ संस्करणबाट यसको सुरुवात गरेको छ । योसँगै चीनमा १४ वर्षभन्दा कम उमेर भएका टिकटक प्रयोगकर्ताले दिनमा ४० मिनेटभन्दा बढी टिकटकमा बिताउन पाउने छैनन् ।

यस्ता प्रयोगकर्ताले रातको १० बजेदेखि विहान ६ बजेसम्म टिकटक हेर्नसमेत नपाउने बनाइएको छ । साथै कम्पनीले अभिभावकलाई आफ्ना बालबालिकाको टिकटक अकाउन्ट बनाउँदा आधिकारिक विवरण प्रयोग गर्नसमेत आग्रह गरेको छ ।

त्यो भएको खण्डमा कम्पनी आफैंले प्रयोगकर्ताको उमेरका आधारमा उक्त फिचर ‘अन’ गरिदिने उल्लेख छ । यदि त्यो सम्भव नभएको खण्डमा अभिभावक आफैंले पनि यो फिचर एक्टिभेट गर्नसक्ने जनाइएको छ ।

यसका साथै कम्पनीले त्यस्ता बालबालिकालाई लक्षित गरेर विज्ञान, म्युजियमसँग सम्बन्धित कन्टेन्ट उपलब्ध गराउने भएको छ । पहिलो चरणमा चीनबाट सुरु भएको यो फिचर विस्तारै अन्य मुलुकमा पनि उपलब्ध गराउने कम्पनीकाे याेजना छ ।टेकपानाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन
२०८३ असोज ११, आइतबार
सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण : डा गुणाकर भट्ट
२०८३ असोज ११, आइतबार
‘नेपाली डायस्पोरा आर्थिक रूपान्तरणको महत्वपूर्ण साझेदार’ : परराष्ट्रमन्त्री
२०८३ असोज ११, आइतबार
बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा
२०८३ असोज ११, आइतबार
पर्यटन विकासका लागि अन्तर मन्त्रालय समन्वय आवश्यक छ : मन्त्री पौडेल
२०८३ असोज ११, आइतबार
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा
२०८३ असोज ११, आइतबार
गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार
२०८३ असोज ११, आइतबार