असोज १२, २०८३ सोमबार September 28, 2026

अब सबै प्रकारका सवारी कर, दर्ता र नवीकरणको शुल्क ईसेवाबाट भुक्तानी गर्न सकिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः बागमती प्रदेशमा दर्ता भएका सबैखाले सवारी साधनको कर तथा राजस्व, सवारी दर्ता तथा नवीकरणको शुल्क ईसेवामार्फत भुक्तानी गर्न सकिने भएको छ ।

बागमती प्रदेश सरकार र ईसेवाको सहकार्यमा सवारी साधनको कर, दर्ता र नवीकरण अनलाइनबाटै गर्न सकिने सेवाको सुरूवात भएको हो ।

योसँगै अब सवारी साधनको कर तिर्न, सवारी दर्ता तथा नवीकरण तथा इन्स्योरेन्स्को भुक्तानी गर्न यातायात कार्यालयमा गई लामो लाइन लाग्नुपर्ने झञ्झटबाट मुक्ति मिलेको छ ।

दुई पांग्रे, चार पांग्रे, ठूला तथा हेवी सवारी, निजी तथा सार्वजनिक कुनै पनि किसिमका सवारी साधनको कर, दर्ता र नवीकरण ईसेवाबाटै गर्न सकिनेछ ।

ईसेवा अकाउन्ट भएका प्रयोगकर्ताले आफ्नो मोबाइलबाटै कर भुक्तानी, दर्ता र नवीकरण गर्न सकिन्छ भने ईसेवा अकाउन्ट नभएका ग्राहकले नजिकको ईसेवा जोन तथा पोइन्टबाट सेवा लिन सकिन्छ ।

सवारी करको सेवा सुरूवातबारे ईसेवाका प्रमुख रणनीतिक अधिकृत रोशन लामिछानेले भने ‘ईसेवाले जहिले पनि आम मानिसको दैनिक जीवनलाई सहज बनाउने उद्देश्य राखेको हुन्छ । सवारी कर अनलाइनबाट भुक्तानी गर्दा धेरै सहज हुनेछ भन्ने हाम्रो विश्वास छ । हामीले अन्य प्रदेशमा पनि यो सेवा विस्तार गर्दै जानेछौं ।’ -टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन
२०८३ असोज ११, आइतबार
सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण : डा गुणाकर भट्ट
२०८३ असोज ११, आइतबार
‘नेपाली डायस्पोरा आर्थिक रूपान्तरणको महत्वपूर्ण साझेदार’ : परराष्ट्रमन्त्री
२०८३ असोज ११, आइतबार
बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा
२०८३ असोज ११, आइतबार
पर्यटन विकासका लागि अन्तर मन्त्रालय समन्वय आवश्यक छ : मन्त्री पौडेल
२०८३ असोज ११, आइतबार
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा
२०८३ असोज ११, आइतबार
गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार
२०८३ असोज ११, आइतबार