असार २३, २०८२ सोमबार July 7, 2025

नयाँ जिम्मेवारी लिएर काम गर्ने साथीहरूलाई ठोस जिम्मेवारी दिनुपर्छ । : बेदुराम भुसाल (अन्तर्वार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पार्टी भर्खर जन्मेको छ, बोक्नै नसक्ने कमिटी किन बनाउनुभयो ? 

अहिले कमिटीमै बसेर काम गर्ने धेरै साथीहरूको इच्छा छ । पार्टीमा आकर्षण छ । अरू पार्टीले पनि ठूलाठूला कमिटी नै बनाएर चलिरहेका छन् । त्यसै सन्दर्भमा साथीहरूलाई समेट्नका निम्ति ठूलो कमिटी बनाइयो । तर, साह्रै ठूलो भयो भन्ने पनि लाग्दैन । हामीले नेकपा हुँदा साढे चार सयजतिको बनाएका थियौँ । अहिले त तीन सय एकको बनाएका छौँ ।

पार्टीका कमिटी त एमालेको भन्दा ठूला बनाउनुभएछ, मान्छे भाग्छन् भन्ने डरले हो कि ?

हामीसँग जम्मा तीन सय मानिस मात्र होलान् र ? त्यस्तो होइन । जिम्मेवारी लिएर काम गर्ने साथीहरूको इच्छा छ । यस्तो वेला उत्सुकतासहित काम गर्न चाहने साथीलाई ठोस जिम्मेवारी दिनुपर्छ भन्ने पनि हो ।

यी कमिटीले गर्छन् के ?

कमिटीमा बसेकालाई विभिन्न जिम्मेवारी दिइन्छ । जिल्लामा इन्चार्ज, सहइन्चार्ज बनाउँछौँ । विभाग प्रमुख, उपप्रमुख बनाउँछौँ । जनसंगठनहरूमा इन्चार्ज, सहइन्चार्ज बनाउँछौँ । यस्तै–यस्तै जिम्मेवारी दिएर पठाउँछौँ । सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्ने हो । जिम्मेवारीमा भूमिका निर्वाह गर्ने हो । पार्टीले तय गरेको कार्यदिशा सफल पार्न आ–आफ्नो जिम्मेवारीको क्षेत्रहरूमा प्रभावकारी ढंगले काम गर्नुपर्छ ।

तपाईंहरूले बनाएका कमिटीले एमालेसँग प्रतिस्पर्धा गर्लान् ?

मज्जाले प्रतिस्पर्धा गर्न सक्षम छन् । हामी जुध्छौँ । जुध्ने भनेको भौतिक रूपमा जाइलाग्ने होइन । बल लडाउने होइन, बुद्धि लडाउने हो । हामीसँग बुद्धि छ, नयाँ कार्यदिशा छ । समाजवादतर्फ अघि बढ्ने नारा नै दिएका छौँ । समाजवादतर्फ जान चाहनेको प्रतिनिधित्व गर्ने हो । त्यो विचार उहाँहरू (एमाले)सँग छैन । उहाँहरूसँग पछौटे विचार छ । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया