जेठ ४, २०८१ शुक्रबार May 17, 2024

तारा एयरले असोज २३ देखि पोखरा-जोमसोम नियमित उडान गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः यती एअरलाइन्सको भगिनी संस्था तारा एयरले आगामी असोज २३ देखि पोखरा–जोमसोम उडानलाई नियमित गर्ने भएको छ ।

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि कोरोना भाइरस सङ्क्रमण देखिएसँगै बन्द रहेको धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर खुला गरेसँगै तारा एयरले पनि आफ्नो बन्द रहेको उडानलाई सुचारु गर्न लागेको हो ।

यती एअरलाइन्सका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले नजिकिँदो चाडपर्व र मुक्तिनाथ दर्शनका लागि जाने यात्रुलाई लक्षित गरेर पोखरा–जोमसोम उडान सुचारु गर्न लागेको जानकारी दिनुभयो । “राति पोखरामा जहाज राखेर तारा एयरको १९ सिटे विमानमार्फत दैनिक उडान गर्न लागेका छौँ”, उहाँले भन्नुभयो, “कोरोना महामारीका कारण बन्द हुनुभन्दा पहिले ताराले पोखरा–जोमसोम यात्रुको चाप हेरेर दैनिक पाँचदेखि सात उडान भर्दै आएको थियो ।”

जोमसोममा दिउँसो हावा चल्ने भएकाले वायुसेवा कम्पनीले बिहान १२ बजेभित्र नै उडान भरिसक्नुपर्ने हुन्छ । दुर्गममा उडान गर्ने वायुसेवामा तारा एयरले मात्र पोखरा, नेपालगञ्ज र काठमाडौँमा नियमित वायुयान राखेर दुर्गम क्षेत्रमा सेवा दिँदै आएको छ ।

तारा एयरसँग हाल दुर्गममा उडान भर्नका लागि चारवटा टुइनवटर विमान रहेका छन् । यसमार्फत लुक्ला, फाप्लु, सिमिकोट, डोल्पा, मुगु, जुम्ला, बाजुरालगायत दुर्गमका विमानस्थलमा नियमित तथा चार्टर उडान भर्दै आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय
२०८१ जेठ ४, शुक्रबार
न्यायपालिकालाई भरोसायोग्य बनाउन सबैको सहयोग जरुरीः प्रधानन्यायाधीश श्रेष्ठ
२०८१ जेठ ४, शुक्रबार
डिजिटल रुपान्तरणका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ: मन्त्री शर्मा
२०८१ जेठ ४, शुक्रबार
नेपालको विकासमा रसियाको ठूलो सहयोग छ : परराष्ट्रमन्त्री श्रेष्ठ
२०८१ जेठ ४, शुक्रबार
विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम गर्नुपर्छ : राष्ट्रपति पौडेल
२०८१ जेठ ४, शुक्रबार
एक जना पनि विद्यार्थी नभएको जैमिनीको विद्यालयमा चार शिक्षक
२०८१ जेठ ४, शुक्रबार
एलियन बने कार्तिक आर्यन
२०८१ जेठ ४, शुक्रबार