जेठ ४, २०८१ शुक्रबार May 17, 2024

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । श्रीमानको कुटाइबाट सुनरसरीको धरान उपमहानगरपालिका(१५ मा श्रीमतीको मृत्यु भएको छ ।

घरायसी विवादका क्रममा ४३ वर्षीय श्रीमान काजीमान राईले बुधबार राति कुटपिट गर्दा ३६ वर्षीया श्रीमती रमिला राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
श्रीमान काजिमानको कुटाइबाट गम्भीर घाइते भएकी रमिलाको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले काजीमानलाई नियन्त्रणमा लिएको र घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया