श्रावण २६, २०८३ मंगलबार August 11, 2026

६० वाट फास्ट चार्जिङसहित ‘ओप्पो के नाइन प्रो’ सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः चिनियाँ ब्राण्ड ओप्पोले बजारमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले हालै ‘ओप्पो के नाइन प्रो’ सार्वजनिक गरेको हो । यो फोन मिडियाटेक डाइमेन्सिटी १२०० चिपसेटद्धारा सञ्चालित छ ।

फोनमा ६.४३ इन्चको ओलईडी फुल एचडी प्लस रेजोलुसन, १२० हर्ज रिफ्रेस रेट र १८० हर्ज टच स्याम्प्लिङ रेट रहेको छ ।

त्यस्तै यसमा ६४ मेगापिक्सेलको मुख्य सेन्सरसहित ८ मेगापिक्सेलको अल्ट्रावाइड र २ मेगापिक्सेलको म्याक्रो क्यामेरा रहेको छ । सेल्फीका लागि १६ मेगापिक्सेलको सेन्सर छ ।

फोनमा ४५०० एमएएचको ब्याट्री छ, जुन ६० वाटको फास्ट चार्जरसहित आउँछ ।

एन्ड्रोइड ११ मा आधारित कलरओएस ११.३ मा चल्ने फोन ब्ल्याक र ब्ल्यु गरी दुई कलरमा उपलब्ध छ ।

चिनियाँ बजारमा यो फोनको मूल्य ८/१२८ जीबी भेरियन्टको २१९९ (४० हजार रूपैयाँ) र १२/२५६ जीबी भेरियन्टको २६९९ (४९ हजार रूपैयाँ) रहेको छ । – टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ
२०८३ श्रावण २६, मंगलबार
विद्यालयमै प्रधानाध्यापकले छात्रामाथि बलात्कार गरेको आरोप
२०८३ श्रावण २६, मंगलबार
गणपुरक सङ्ख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक निर्णायार्थ पेश हुन सकेन
२०८३ श्रावण २६, मंगलबार
एमाले र नेकपाद्वारा प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार तय
२०८३ श्रावण २६, मंगलबार
एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
२०८३ श्रावण २६, मंगलबार
सभामुख अर्यालसँग नेपालका लागि अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेट
२०८३ श्रावण २६, मंगलबार
इरानले गरेको क्षतिको मूल्य चुकाउनुपर्छ : ट्रम्प
२०८३ श्रावण २६, मंगलबार