काठमाण्डौंः संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले इथियोपियाले संयुक्त राष्ट्रसंघका कर्मचारीलाई देश निकाला गर्न पाउने अधिकार नरहेको बताउनुभएको छ ।
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठकमा बुधबार उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले भन्नुभएको थियो– इथियोपियालाई त्यस्तो अधिकार छैन, उसले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेर संयुक्त राष्ट्रसंघका कर्मचारीलाइ देश निकाला गरेको छ ।
इथियोपियाले हालैमात्र एक सूचना जारी गरेर आफ्नो देशबाट संयुक्त राष्ट्रसंघका कर्मचारीले देश छोड्नुपर्ने बताएको थियो ।
इथियोपियाले ७२ घन्टाको समय दिएर देश छोड्न जारी गरेको सूचना कानुन विपरीत रहेको भनी संयुक्त राष्ट्रसंघ र अन्य देशले त्यसको विरोध गरेका थिए । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया