असार २४, २०८२ मंगलबार July 8, 2025

विषाक्त मदिराका कारण रुसमा चौधको ज्यान गयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विषाक्त मदिरा सेवनका कारण  रुसमा १४ जनाको मृत्यु भएको छ । विषाक्त मदिरा सेवन गरेपछि २२ जना विरामी भएकामा १४ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

गभर्नर डेनिस पास्लरले घटनाका बारेमा अनुसन्धान गरी दोषीमाथी कारबाही गराउन सम्वन्धित अधिकारीहरुलाई निर्देशन दिइसकेका छन् ।

ओर्सक सहरमा विषाक्त मदिरा बनाएको अभियोगमा २९ बर्षिय एक व्यक्तिलाई पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् ।  प्रारम्भिक अध्ययनले ठूलो मात्रामा मदिरा बनाएर बेचेको देखाएको पनि अनुसन्धानकर्ताहरुको भनाई छ । त्यसैका कारण अरु पनि धेरैको मृत्यु भएको हुन सक्ने दाबी गरिएको छ । रासस-एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया