जेठ ६, २०८१ आइतबार May 19, 2024

डा. सन्तोष उपाध्याय बने यस बर्षको ‘मिस्टर नेपाल’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । डा. सन्तोष उपाध्यायले मिस्टर नेपाल २०१९ को उपाधि जितेका छन्। एक्स्पोज नेपालले बिहीबार आयोजना गरेको प्रतियोगितामा २२ जना प्रतिस्पर्धिलाई उछिन्दै डा. उपाध्यायले मिस्टर नेपालको उपाधि जितेका हुन् ।

उनले मुख्य उपाधिसँगै मिस्टर ट्यालेन्ट, मिस्टर फोटोजेनिकको उपाधि समेत जितेका छन्।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगंज क्याम्पसबाट एमबीबीएस सकेका डा उपाध्याय हाल कमलबजार प्राथमिक स्वास्थ्य केन्द्र अछाममा मेडिकल अफिसरको रुपमा कार्यरत छन्।

चिकित्सा पेसाबाहेक फोटोग्राफी, स्केचआर्ट, संगीतमा रुची रहेको उनले बताएका छन ।

सन् २००१ देखि नियमित आयोजना हुँदै आएको नेपालको प्रतिष्ठित प्रतियोगिता रहेको मिस्टर नेपाल घोषित भएका डा. उपाध्यायले अब सन् २०२० मा आयोजना मिस्टर वर्ल्डको प्रतियोगितामा सहभागिता जनाउने छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया