काठमाण्डौंः एशियन-ओशियाना क्याडेट एन्ड जुनियर जुडो च्याम्पियनसिपका लागि चार जुडो खेलाडी छनोट भएका छन् ।
नेपाल जुडो सङ्घद्वारा आयोजित छनोट प्रतियोगिताबाट समान दुई पुरुष र दुई महिला गरी चार खेलाडी छनोट भएको जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्यले जानकारी दिनुभयो ।
नयाँ बजारको खुशीबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको उक्त छनोट प्रतियोगिताको पुरुष ५५ केजीमुनि ताराबहादुर भुजेल र ६० केजीमुनि सुबोध मण्डल छनोट भएका हुन् । त्यस्तै महिला ५२ केजीमुनि देवकीमाया श्रेष्ठ र ४८ केजीमा निशा श्रेष्ठ छानिए । चारै खेलाडी बन्दी सहायता गृह (पाम) का खेलाडी हुन् ।
च्याम्पियनसिप लेबनानमा आगामी डिसेम्बर २ देखि ५ तारिखसम्म सञ्चालन हुनेछ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया