असार २५, २०८२ बुधबार July 9, 2025

साफ च्याम्पियनशीपमा नेपालको हार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः साफ च्याम्पियनशीप १३औं संस्करणको तेस्रो खेलमा नेपाल भारतसँग पराजित भएको छ ।

सुरुवातदेखि नै नेपालले रक्षात्मक रणनीतिलाई कायम राख्दै अन्त्यसम्म पनि भारतलाई बल पोजिसनमा कुनै दवाव दिएको थिएन । पहिलो हाफदेखि नै भारतले सिर्जना गरेको आक्रमणलाई कप्तान किरण चेम्जोङले विफल बनाउँदै आएका थिए ।

खेलको ३४औं मिनेटमा नेपालको खाली पोष्टमा भारतका कप्तान सुनिल क्षेत्रिले गोल गर्न नसक्दा नेपाल पछि पर्नबाट जोगिएको थियो ।

पहिलो हाफ गोलरहित बराबरीमा खेलेको नेपाल दोस्रो हाफको ८२औं मिनेटमा फारुख चौधरीको हेडरलाई कप्तानको सुनिल क्षेत्रिको प्रहार गोलमा परिणत भएपछि १-० गोलले भारतसँग पराजित हुन पुगेको हो ।

यस हारपछि नेपाल नेपाल तीन खेलमा ६ अंकसहित शीर्ष स्थानमै छ भने भने तीन खेलमा समान ६ अंक बोकेको माल्दिभ्स दोस्रो स्थानमा छ ।

त्यसैगरी हिजोको जीतसँगै तीन खेलमा पाँच अंक लिएर भारत तेस्रो स्थानमा र बंगलादेश तीन खेलमा चार अंकसहित चौथो स्थानमा रहेको छ । अब नेपालले अन्तिम चरणको खेलमा आउँदो बुधबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । सोही दिन भारतले माल्दिभ्ससँग खेल्दैछ ।

यदि नेपालले बुधबारको खेलमा बंगलादेशसँग जीत वा बराबरी मात्र गर्न सकेको खण्डमा पनि नेपालको फाइनल यात्रा सुनिश्चित छ । नेपाल र बंगलादेशको खेल पर्सि बुधबार दिउँसो ४.४५ बजेदेखि माले राष्ट्रिय रंगलशालामा खेलिंदैछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार