बैसाख २६, २०८३ शनिबार May 9, 2026

स्वास्थ्यकर्मी अभावले रामेछापको स्वास्थ्य सेवा प्रभावित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रामेछाप । दरवन्दीअनुसार स्वास्थ्यकर्मी नहुँदा रामेछापको स्वास्थ्य क्षेत्र प्रभावित भएको छ । स्वास्थ्य मौलिक अधिकार भए पनि स्वास्थ्यकर्मी नै नभएपछि रामेछापको स्वास्थ्य सेवा कमजोर बन्दै गएको छ ।

१ जिल्ला अस्पताल, ३ प्राथमिक स्वास्थ्य केन्द्र, ५१ स्वास्थ्य चौकी र एक उपस्वास्थ्य चौकीमा दरबन्दीअनुसार ३ सय ३ जना स्वास्थ्यकर्मी हुनु पर्नेमा २ सय ३५ जना स्वास्थ्यकर्मी मात्र कार्यरत छन् । जिल्लामा ६८ जना स्वास्थ्यकर्मीहरु अपुग छन् ।
स्वास्थ्य कार्यालय रामेछापको तथ्यांक अनुसार जिल्लामा डाक्टर भने ६ जनाको दरबन्दी भए पनि करार सेवा लगायतमा १० जना डाक्टरहरु कार्यरत छन् । ५५ जना हेल्थ असिस्टेन्ट हुनुपर्नेमा हाल ३० जना मात्र कार्यरत छन् । २२ जनाको दरबन्दी रिक्त छ । यसैगरी १ सय १५ अहेव हुनुपर्नेमा हाल ८४ जना मात्र कार्यरत छन् । ३१ जना अहेव रिक्त छ । १ सय १६ अनमीहरु रहनु पर्नेमा अहिले ९९ जना मात्र कार्यरत छन् । १७ जनाको पद रिक्त छ ।
सहरी स्वास्वास्थ्य सेवा केन्द्र र सामुदायिक स्वास्थ्य सेवामा समेत आवश्यकताअनुसार कर्मचारी छैनन् । यसले गर्दा स्वास्थ्य सेवा प्रभावित भएको छ ।

औषधि पनि अभाव

स्वास्थ्य संस्थामा कम्तिमा ३९ थरि औषधिहरु वर्षैभरि उपलब्ध हुनु पर्नेमा स्वास्थ्य संस्थाहरुले ती औषधि समेत वर्षैभरि नियमित उपलब्ध गराउन सकेको छनन् । स्वास्थ्य संस्थामा कुनै न कुन औषधि सकिइरहने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

जिल्लामा सबैभन्दा धेरै हेल्थ असिस्टेन्टको अभाव देखिएको छ । डाक्टर पछिको दक्ष प्राविधिकको रुपमा रहेका हेल्थ असिस्टेन्टहरुको दरबन्दी सरदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा समेत खालि छ । मन्थली नगरपालिकामा ११ जना हेल्थ असिस्टेन्ट हुन पर्नेमा जम्मा ६ जना मात्र कार्यरत छन् । त्यस्तै खाँडादेवी गाउँपालिकामा ८ जनाको दरबन्दीमा ३ जना मात्र कार्यरत छन् । गोकुलगंगामा भने ६ जनामा ५ जना कार्यरत छन् ।

सबैभन्दा बढी स्वास्थ्यकर्मीको अभाव लिखु(तामाकोसी गाउँपालिकामा देखिएको छ । सो पालिकामा ६ जना हेल्थ असिस्टेन्टको दरबन्दीमा १ जना मात्र कार्यरत छन् । १४ जना अहेबमा ७ जना मात्र कार्यरत छन् भने १४ जना अनमी हुनु पर्नेमा ११ जना मात्र कार्यरत छन् ।

आन्तरिक विवादको असर

सो गाउँपालिकाको आन्तरिक विवादको असर स्वास्थ्य क्षेत्रमा पनि देखिएको हो । गाउँपालिकाको यस बर्षको बजेट तथा कार्यक्रम पास नहुँदा सबै काम ठप्प छ ।

रामेछाप नगरपालिकामा पनि हेल्थ असिस्टेन्ट आधा मात्र छन् । ७ जनाको दरबन्दीमा हाल ४ जना हेल्थअसिस्टेन्ट कार्यरत छन् । दोरम्बा गाउँपालिकामा कुल ५ जना हेल्थअसिस्टेन्टको दरवबन्दीमा २ जना मात्र कार्यरत रहेको कार्यालयले जनाएको छ । अझ सुनापति गाउँपालिकामा ५ जना हेल्थअसिस्टेन्ट हुनु पर्नेमा जम्मा १ जना मात्र कार्यरत छन् । उमाकुण्डमा ६ जनामा ४ जना मात्र कार्यरत रहेको स्वास्थ्य कार्यालयका तथ्यांकमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनप्रति नेपाल प्रतिबद्ध छ’
२०८३ बैसाख २६, शनिबार
दूरसञ्चार प्राधिकरण तथा सुरक्षण मुद्रण केन्द्रमा आवेदन आह्वान
२०८३ बैसाख २६, शनिबार
वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति पौडेल
२०८३ बैसाख २६, शनिबार
रास्वपा सांसदको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि सुरु
२०८३ बैसाख २६, शनिबार
निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न
२०८३ बैसाख २६, शनिबार
होर्मुज जलसन्धि क्षेत्रमा अमेरिकी–इरान टकराव तीव्र, सुरक्षा अवस्था झनै संवेदनशील
२०८३ बैसाख २६, शनिबार
सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया
२०८३ बैसाख २६, शनिबार