असार २३, २०८२ सोमबार July 7, 2025

बेलायतमा एकै दिन ४० हजार भन्दा कोरोना सङ्क्रमित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: बेलायतमा शनिबार चौथो दिनसम्म पनि कोरोना भाइरसका ४० हजार भन्दा बढी कोरोना सङ्क्रमित भेटिएका छन् । कोरोना भाइरसको सङ्क्रमण घट्न नसकेको देखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । यहाँ गएको २४ घन्टामा अर्थात् शनिबार ४३ हजार ४२३ जनामा यो सङ्क्रमण देखिएको छ । यो समेतगरी यहाँ चौथो दिन सम्म पनि ४० हजार भन्दा बढी सङ्क्रमित पाइएका हुन् ।

पछिल्ला केही दिनमा यहाँ सङ्क्रमण झन् बढेको पाइएको छ । बेलायतका स्वास्थ्य अधिकारीहरुले सरकारी प्रयासका बाबजुत पनि यहाँ कोरोनाबाट हुने सङ्क्रमणमा दैनिक कमी नआएको बताएका छन् ।अधिकारीहरुले बेलायतमा अहिलेसम्म सङ्क्रमित हुनेको संख्या ८४ लाख ४४ हजार नाघेको पनि जनाएका छन् । यहाँको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार यहाँ पछिल्लो २४ घन्टामा कोरोना भाइरसका कारण १४८ जनाको मृत्यु भएको छ ।

यहाँका स्वास्थ्य अधिकारीले यहाँ धेरै समयपछि मृत्यु हुनेको संख्या पनि बढ्न थालेको बताएका छन् । योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ३८ हजार भन्दा बढीको मृत्यु भएको छ । बेलायतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये करिब सात हजार जना अझै पनि अस्पतालमै उपचाररत रहेका छन् ।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पछिल्ला दिनहरुमा बेलायतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको देखिएको भन्दै थप सतर्कता अपनाउन आग्रह पनि गर्नुभएको छ ।  (रासस-सिन्ह्वा)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया