काठमाण्डौंः जर्मनीमा भएको हेलिकोप्टर दुर्घटनामा परी कम्तीमा पनि तीन जनाको ज्यान गएको छ ।
दक्षिणी जर्मनीको बादेन वर्तम्बर्गमा सो हेलिकोप्टर दुर्घटनामा परेको थियो । जर्मनी मिडियाहरुले त्यसका परेर तीन जनाको ज्यान गएको बताएका छन् ।
यहाँका एकजना स्थानीय प्रहरी प्रवक्ताले सो दुर्घटनामा परी अरु पनि कतिजना हराएका छन् भन्ने बारेमा अझै स्पष्ट नभएको र उनीहरुको खोजी कार्य जारी रहेको बताएका छन् ।
ती प्रहरी प्रवक्ताले सो दुर्घटनाको कारण अझै पत्ता नलागेको र यस विषयमा खोजी जारी रहेको बताएका छन् । सिन्हा
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया