असार २४, २०८२ मंगलबार July 8, 2025

उत्तर कोरियाद्वारा मिसाइल परीक्षण गरेको स्वीकार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः उत्तर कोरियाले सबमरिन–लञ्चड् ब्यालेष्टिक मिसाइलको सफल परीक्षण गरेको बताएको छ ।

यसअघि दक्षिण कोरिया र जापानले मिसाइल परीक्षण भएको बताएपनि उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले पुष्टि गरेको थिएन ।

उत्तर कोरियाली सरकारी समाचार संस्था केसिएनएले परीक्षण गरिएको मिसाइलमा यसअघिको भन्दा उत्कृष्ट नियन्त्रण क्षमतायुक्त प्रविधि रहेको उल्लेख गरेको छ । उसले सन् २०१६ मा सबमरिनबाटै ब्यालेष्टिक मिसाइल प्रहार गरेको थियो ।

केसिएनएले परीक्षण सम्बन्धी समाचारमा नेता किम जोङ(उनको नाम उल्लेख नगरेका कारण परीक्षणको समयमा उनी अनुपस्थित हुन सक्ने अनुमान छ ।

हिजो उत्तर कोरियाले जापानको समुद्री क्षेत्रमा ब्यालेष्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको थियो । गएको जनवरी महिनामा सार्वजनिक उक्त मिसाइल परीक्षण गरिएको हो ।

उत्तर कोरियाले आफ्नो मिसाइल विश्वकै शक्तिशाली हतियार भएको बताएको थियो । उता दक्षिण कोरियाले पनि केही हप्ता अघि सोही प्रकृतिको हतियार सार्वजनिक गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया