असार २५, २०८२ बुधबार July 9, 2025

टी २० विश्वकप : बंगलादेशले पपुवा न्युगिनीलाई हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः साकिब अल हसनले ४६ रन बनाउँदै ९ रनमा चार विकेट पनि लिएपछि बंगलादेशले पपुवा न्युगिनीलाई ८४ रनले पराजित गर्दै बिहीबार टी२० विश्वकपको सुपर १२ चरणमा प्रवेश गरेको छ ।

जितका लागि पपुवा न्युगिनीले १ सय ८२ रनको लक्ष्य पाएकोमा पूरा टिम १९.३ ओभर मात्र टिकेर ९७ रनमा अलआउट भएको थियो । लगातार तीन खेल गुमाएर पपुवा न्युगिनी भने प्रतियोगिताबाट बाहिरिएको छ ।

आफ्नो पहिलो खेल गुमाएको बंगलादेशले भने त्यसपछि उत्कृष्ट पुर्नआगमन रच्दै लगातार दुई खेलमा सजिलो जित निकालेको हो । पपुवा न्युगिनीका लागि किपलिन डोरिगाले नटआउट ४६ रन बनाएको भए बंगलादेशको जितको अन्तर अझ ठूलो हुने थियो ।

पपुवा न्युगिनीले आफ्नो प्रारम्भिक ब्याट्सम्यान असद भालालाई ६ रनमा गुमाएपछि टिम कहिले पनि लक्ष्य पछ्याउने बाटोमा रहेन । साकिब बलिङमा आक्रमक रूपमा उत्रेपछि विश्वकपमा डेब्यु गरिरहेको टिम अझ दयनीय स्थितिमा पुगेको थियो ।

बायाँ हाते स्पिनर साकिबले आफ्नो पहिलो ओभरमै दुई विकेट लिए । लगतै फेरि उनले दुई विकेट लिए र ट्वान्टी ट्वान्टी विश्वकपमा सर्वाधिक ३९ विकेट लिएका साहिद अफ्रिदीको नाममा रहेको कीर्तिमान पनि बराबरी गरेका छन् ।

यसअघि कप्तान महमुदुल्लह रियादले पनि ५० रनको गतिलो योगदान दिए र बंगलादेशले सात विकेट गुमाएर पहिले ब्याटिङको निर्णय गर्दै १ सय ८१ रन बनाएको थियो । बंगलादेशका लागि आसिफ हुसेनले पनि १९ बलमा आक्रामक २१ रन बनाए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार