असार २५, २०८२ बुधबार July 9, 2025

सुर्खेतमा काँक्रेविहार गोल्डकप हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कााठमाण्डौंः सुर्खेतको वीरेन्द्रनगरमा यही कात्तिक १० गतेदेखि काँक्रेविहार गोल्डकपको आयोजना हुने भएको छ । काँक्रेविहार युवा क्लबको आयोजनामा सञ्चालन हुने यो अन्तरपालिकास्तरीय फुटबल प्रतियोगिता हो ।

क्लबका अध्यक्ष चन्द्रप्रकाश शाहीले प्रतियोगितामा सुर्खेतका नौ स्थानीय तहका फुटबल टोलीले सहभागिता जनाउने बताउनुभयो । उहाँका अनुसार प्रतियोगिताका विजेताले रु एक लाख र उपविजेताले रु ५० हजार पुरस्कार तथा ट्रफी पाउनेछन् । कात्तिक १४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि टिम दर्ताको समय आइतबारसम्म तोकिएको छ ।

हालसम्म सात टिमले सहभागिता निश्चित गरिसकेका छन् । टिम दर्ताका लागि रु १० हजार शुल्क तोकिएको छ । कर्णालीमा फुटबल खेलको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजकको भनाइ छ ।

पन्ज्युनयाँ टि–२० क्रिकेट कात्तिक ७ बाट बैतडी– दोस्रो संस्करणको पन्ज्युनयाँ टि–२० क्रिकेट कप प्रतियोगिता यही कात्तिक ७ गतेबाट हुने भएको छ । सुशितम युवा क्लब पन्ज्युनयाँको आयोजनामा हुने प्रतियोगिताको विजेताले रु ७७ हजार ७७७ नगद पुरस्कार पाउनेछ । यस्तै उपविजेताले रु ३३ हजार ३३३ पुरस्कार पाउनेछ ।

यसका साथै म्यान अफ द सिरिजलाई रु पाँच हजार ५५५, बेस्ट बलर र बेस्ट ब्यास्टम्यानलाई समान रु तीन हजार ३३३ पाउने क्लबका सदस्य गोपाल कार्कीले जानकारी दिनुभयो ।

दोगडाकेदार गाउँपालिका–६ पन्ज्युनयाँमा रहेको पन्ज्युनयाँ खेल मैदानमा सञ्चालन हुने खेल पावरप्लेअनुसार खेलाइने जनाइएको छ । क्लबले आजसम्मका लागि टिम दर्ता खुला गरेको छ ।

सोका लागि टिम दर्ता शुल्क रु सात हजार तोकिएको छ । सहभागी हुने टिममा एउटै वडाका मात्रै खेलाडी हुनुपर्ने जनाइएको छ । यसअघि पहिलो संस्करणको पन्ज्युनयाँ टि–२० क्रिकेट कपको उपाधि दोगडास्टार क्लबले हात परेको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार