असार २३, २०८२ सोमबार July 7, 2025

फिजीको नयाँ राष्ट्रपतिमा कातोनिभेरे निर्वाचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः फिजीमा शुक्रबार नयाँ राष्ट्रपति चयन गरिएको छ ।

फिजीको संसदले रातु विलियम कातोनिभेरेलाई नयाँ राष्ट्रपतिमा निर्वाचित गरेको घोषणा गरेको छ ।उहाँले यसअघिका राष्ट्रपति जिओजी कोनौटेलाई विस्थापित गर्नु भएको हो ।

कोनौटेले राष्ट्रपतिको दुई कार्यकाल पूरा गर्नु भएको छ । कातोनिभेरेले भोरेक्व बैनीमारामालाई प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । संसदमा भएको मतदानमा कातोनीभेरेले २८ मत प्राप्त गर्नु भएको थियो भने केपाले २३ मत प्राप्त गर्नु भएको थियो ।

संसदका सभामुख रातु इपेली नैलातिकौले कातोनीभेरेलाई राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गर्दै बधाई दिनु भएको थियो । नवनिर्वाचित राष्ट्रपति कातोनीभेरे फिजिफस्ट पार्टीको पूर्व अध्यक्ष समेत हुनुहुन्छ । उहाँले प्रधानमन्त्रीको जिम्मेबारी भने अर्को महिनादेखि सम्हाल्नु हुनेछ । रासस-सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया