असार २३, २०८२ सोमबार July 7, 2025

बङ्गलादेशको रोहिंग्या शिविरमा भएको आक्रमणमा सात जनाको ज्यान गयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बङ्गलादेशको एक रोहिंग्या शरणार्थी शिविरमा बन्दुकधारीले शुक्रबार आक्रमण गर्दा कम्तीमा सात जनाको ज्यान गएको छ भने अन्य २० जना घाइते भएका छन् ।

प्रहरी र चिकित्सकले दिएको जानकारीअनुसार आक्रमणले त्यस क्षेत्रमा तनाव बढाएको छ । उक्त घटनमा उक्त समुदायका एक प्रमुख नेताको गोली हानी हत्या गरिएको छ जसबाट थप तनाव सिर्जना भएको जनाइएको छ ।

आक्रमणकारीहरूले शिविरमा रहेको इस्लामिक विद्यालयमा पढ्ने मानिसलाई गोली र छुरा प्रहार गरेको जनाइएको छ ।

उक्त घटनामा त्यस शिविरमा चार जनाको तत्काल मृत्यु भएको छ भने बालुखली शरणार्थी कम्प्लेक्सको एउटा शिविरको एउटा अस्पतालमा अन्य तीन जनाको मृत्यु भएको छ । त्यहाँ ९० हजार मानिस बस्ने गर्दथे ।

प्रहरीले मृतक र घाइतेको वास्तविक सङ्ख्या सार्वजनिक नगरे पनि चिकित्सकहरूले नाम नभन्ने सर्तमा कम्तीमा २० जना नराम्ररी घाइते भएको जनाएका छन् । चिकित्सकले बताएअनुसार अस्पतालमा उपचारारत अधिकांश घाइतेहरू अङ्गभङ्ग भएका छन् ।

प्रहरी अधिकारी कामरान हुसेनका अनुसार रोहिंग्या दुश्मनहरू बिहान सबेरै डारुल उलुम नाडवतुल उलामा अल इस्लामिया मदरसामा प्रवेश गरेर एक्कासी गोली प्रहार गरेका थिए ।

उक्त घटनापछि २७,००० भन्दा बढी मानिसहरूको बसोबास रहेको उक्त शिविरलाई सुरक्षा बलले तुरुन्त नियन्त्रणमा लिएको थियो । रासस- एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया