काठमाण्डौंः आईसीसी टी-२० विश्वकप अन्तर्गत सुपर १२ चरणका खेल आजदेखि सुरु हुने भएका छन्। युएई र ओमानमा जारी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै छन् ।
आबुधाबीमा हुने पहिलो खेलमा अष्ट्रेलिया र दक्षिण अफ्रीकाबीच प्रतिस्पर्धा हुनेछ। खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुने छ ।
आज दुबै टिम जित निकाल्दै सुखद सुरुवात गर्ने योजनामा हुने छन्। यस्तै, दोस्रो खेलमा इंग्ल्यान्ड र वेष्ट इन्डिजबीच प्रतिस्पर्धा हुनेछ। हेड टु हेड खेलहरूमा दुई टोली २१ पटक भिडेका छन् जसमा अस्ट्रेलियाले १३ र दक्षिण अफ्रिकाले ८ खेलमा जीत हासिल गरेका छन् ।
आज नै समूहको दोस्रो खेलमा साँझ वेष्ट इन्डिज र इंग्ल्याण्ड प्रतिस्पर्धा गर्ने छन्। यी दुई टोली बीचको खेल नेपाली समयअनुसार राति ७:४५ बजे सुरु हुनेछ। एकदिवसीय विश्वकप विजेता इंग्ल्यान्ड जित निकाल्दै सुखद सुरुआत गर्न चाहन्छ। साविक विजेता समेत रहेको वेस्ट इन्डिज पनि इंग्ल्यान्डलाई हराएर सुखद सुरुवात गर्न चाहन्छ ।
ग्रुप एकमा यी चार टिमसँगै पहिलो चरणबाट छनोट भएका श्रीलंका र बंगलादेश छन्। यस्तै, ग्रुप दुईमा भारत, पाकिस्तान, न्युजिल्याण्ड, अफगानिस्तान र पहिलो चरणबाट छानिएका स्कटल्याण्ड र नामिबिया छन् । एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया