काठमाण्डौंः आईसीसी टी २० विश्वकप क्रिकेटको सुपर १२ को पहिलो खेलमा दक्षिण अफ्रिका अस्ट्रेलियासंग हारेको छ ।
आबुधावी क्रिकेट मैदानमा अफ्रिकाविरुद्धको खेलमा अस्ट्रेलिया ५ विकेटले विजयी भएको छ । लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाको शुरुआत राम्रो रहेको थिएन । कप्तान आरोन फिन्च खाता नै नखोली आउट भएका थिए ।
डेभिड वार्नर १४ तथा मिचेल मार्स ११ रनमा आउट भए । स्टेभन स्मिथ र ग्लेन म्याक्सवेलले पारि सम्हाले । स्मिथ ३५ रनमा आउट भएका थिए । यस्तै म्याक्सवेल १८ रनमा आउट भए ।
अन्तिममा मार्कस स्टोनिस र म्याथ्यु वेडले २६ बलमा ४० रनको साझेदारी गर्दै जित दिलाएका छन् । स्टोनिस २४ तथा वेड १५ रनमा नटआउट रहे । दक्षिण अफ्रिकाका एनरिच नोर्टजेले दुई विकेट लिए ।
दक्षिण अफ्रिकाले २० ओभरमा नौं विकेट गुमाउँदै एक सय १८ रन बनायो । उसका पाँच खेलाडीले मात्र दोहोरो अंक जोडे । कप्तान तेम्बा बाभुमाले १२ रन बनाए । यस्तै एडिन मार्करमले सर्वाधिक ४० रनको योगदान गरे ।
यस्तै हिनरिच क्लासेनले १३ रन बनाउँदा डेविड मिलरले १६ रन थपे । कागिसो राबाडले १९ रनको योगदान गरे । बलिङमा मिचेल स्टार्क, जोस हेजलहुड र एडम जाम्पाले दुई दुई विकेट लिन सफल भए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया