असार २३, २०८२ सोमबार July 7, 2025

अमेरिकी सेनद्वारा ड्रोन आक्रमणमा अल कायदाका नेता मारिएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकी सेनाले उत्तर–पश्चिमी सिरियामा शुक्रबार हवाई हमलामा अल कायदाका एक वरिष्ठ नेताको मृत्यु भएको जनाएको छ।

अमेरिकी केन्द्रीय कमाण्डका प्रवक्ता आर्मी मेजर जोन रिग्स्बीले एक विज्ञप्तिमा अब्दुल हमिद अल–मातार ड्रोन हमलामा मारिएको बताएका छन्।

रिग्सबीले भने अल–मतरको हत्याले अल–कायदाको “अमेरिकी नागरिकहरू, हाम्रा साझेदारहरू र निर्दोष नागरिकहरूलाई खतरामा पार्ने, वैश्विक हमला गर्ने र थप षड्यन्त्र गर्ने क्षमतालाई बाधा पुर्यागउँने छ।“

उनले भने कि अल कायदाले “सिरियाको हवाला दिदै सिरिया, इराक र अन्य क्षेत्रमा पनि धम्की को लागि एक आधारको रूपमा प्रस्तुत गर्ने गर्दछ।“

उक्त ड्रोन हमला दक्षिणी सिरियामा अमेरिकी सैन्य चौकीमा ड्रोन र रकेटहरू समावेश गरीएको समन्वित आक्रमणमा परेको दुई दिन पछि भएको हो। अमेरिकी अधिकारीहरूका अनुसार त्यहाँ तैनाथ कुनै अमेरिकी सैनिक घाइते वा मारिएका छैनन्। रासस-एपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया