जेठ ४, २०८१ शुक्रबार May 17, 2024

कस्तुरीको विनासहित एक जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । काठमाडौंमा कस्तुरीको विनासहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ। रानीपोखरीस्थित महानगरीय प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गोंगबु नयाँबसपार्क बस्ने सुनसरीको रामधुनी नगरपालिका ७ का ३८ वर्षीय श्याम राईलाई आइतबार साँझ पक्राउ गरेको हो।

चावहिल गणेशस्थानबाट पक्राउ परेका उनको साथबाट ६ वटा डल्ला बनाई प्याकिङ गरेको अवस्थामा कस्तुरीको विना बरामद भएको प्रहरीले जानकारी दिएको छ।
शंका लागेर चेकजाँच गर्दा उनी पक्राउ परेका थिए। उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहको महानगरीय प्रहरी वृत, गौशालाले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया