असार २५, २०८२ बुधबार July 9, 2025

टी-ट्वान्टी क्रिकेटः पहिलोपटक भिड्दै इंग्ल्यान्ड र बंगलादेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको पहिलो खेलमा साबिक विजेता वेस्ट इन्डिजलाई ६ विकेटले हराएर सुखद सुरुवात गरेको इंग्ल्यान्डले दोस्रो खेलमा बंगालादेशसँग प्रतिस्पर्धा गर्दै छ ।

इंग्ल्यान्डले टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलोपटक बंगलादेशसँग प्रतिस्पर्धा गर्न लागेको हो । बंगलादेश र इंग्ल्यान्ड हालसम्म टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा आमने–सामने भएका छैनन् ।

टी–ट्वान्टी क्रिकेटमा पहिलोपटक प्रतिस्पर्धा गर्न लागेका दुवै टोली आजको खेलमा आफूलाई अब्बल साबित गर्ने योजनामा छन् । आईसीसीको वरीयताको शीर्ष स्थानमा रहेको इंग्ल्यान्डले नवौँ स्थानको बंगलादेशलाई प्रतिस्पर्धीको रूपमा पाएको हो ।

पहिलो खेलमा सहज जित निकालेको इंग्ल्यान्ड आजको खेलमा पनि सोही लय दोहोर्‍याउने योजनामा छ । पहिलो खेलमा श्रीलंकासँग पराजित भएको बंगलादेशलाई भने सेमिफाइनल प्रवेशमा आफ्नो सम्भावना जोगाइराख्न आजको खेलमा जित निकाल्नैपर्ने दबाब छ ।

आबुधाबीस्थित शेख ज्यायद क्रिकेट स्टेडियममा हुने इंग्ल्यान्ड र बंगलादेशबीचको खेल नेपाली समयानुसार दिउँसो ३ः४५ मा सुरु हुनेछ । – एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खेलाडीहरूले खेलेरै बाँच्न सक्ने स्थिति बनेको छ : प्रधानमन्त्री
२०८२ असार २५, बुधबार
कांग्रेस लुम्बिनीका महामन्त्री खनाल पार्टीबाट निष्काशित
२०८२ असार २५, बुधबार
सप्तकोशी नदी तटीय क्षेत्रमा उच्च सर्तकता अपनाउन स्थानीय प्रशासनको आग्रह
२०८२ असार २५, बुधबार
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दीपक अर्याल नियुक्त
२०८२ असार २५, बुधबार
वाइसिएलले दुईमहिने श्रम तथा उत्पादन अभियान चलाउने
२०८२ असार २५, बुधबार
गुणस्तरीय शिक्षाका लागि सामूहिक प्रयत्न जरुरी छ : उपप्रधानमन्त्री सिंह
२०८२ असार २५, बुधबार
कारागारमा मौसमी रुघा र ज्वरोको समस्या
२०८२ असार २५, बुधबार