असार २३, २०८२ सोमबार July 7, 2025

विश्व तापक्रमलाई १.५ सेन्टिग्रेडमा सिमित राख्न अहिलेभन्दा सात गुणा बढी उत्सर्जन कटौति गर्नुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विश्वले तापक्रमलाई १.५ सेन्टिग्रेडको सिमामा राख्न हो भने विश्वव्यापी कार्बन उत्सर्जन कटौतीलाई विश्व समुदायले वर्तमान योजनाभन्दा सात गुणा बढी कम गर्न आवश्यक रहेको राष्ट्रसंघले मङ्गलबार बताएको छ ।

संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमले यहि गतिमा अघि बढेमा अहिलेका राष्ट्रिय प्रतिबद्धताहरूले सन् २०३० को उत्सर्जन स्तरबाट ७.५ प्रतिशत अंश मात्र कम गर्ने प्रक्षेपण गरेको छ ।

तर पेरिस सम्झौताको तापक्रम लक्ष्यमध्ये सबैभन्दा महत्वाकांक्षी तापक्रम १.५ सेन्टिग्रेडसम्म राख्न ५५ प्रतिशत कटौती आवश्यक भएको कुरा जनाएको उक्त संस्थाले विश्व नेताहरूलाई स्मरण गराएको छ ।

संयुक्त राष्ट्रसंघीय जलबायु परिवर्तन नियन्त्रणका लागि २६ औ विश्व सम्मेलनका आयोजकहरूको भनाइअनुसार देशहरूले आफ्नो अर्थव्यवस्थालाई कार्बनवियोजन गर्ने दोब्बर प्रतिज्ञा मार्फत १.५ सेन्टिग्रेड लक्ष्यको लागि पृथ्वीलाई मार्गमा राख्न प्रतिबद्ध रहेको बताएका छन् । रासस-एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया