कार्तिक २३, २०८३ सोमबार November 9, 2026

तीन महिनादेखि पाठ्यपुस्तक बिनै पढ्दै विद्यार्थी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सप्तरीको छिन्नमस्ता गाउँपालिकाका विद्यार्थीको हातमा अहिलेसम्म पाठ्यपुस्तक पुग्न सकेको छैन । शैक्षिकसत्र सुरु भएको सात महिना र दोस्रो लहरको कोरोनापछि विद्यालय खुलेको तीन महिना बितिसक्दा पनि विद्यार्थीहरूले पाठ्यपुस्तक पढ्न पाएका छैनन् । सो गाउँपालिकाका शिक्षकले पनि यो आर्थिक वर्ष सुरु भएदेखि तलब भत्ता खान सकेका छैनन् ।

श्री जनता माद्यामिक विद्यालय खुदी बखारी कुपही-६ का कक्षा १० मा अध्ययनरत दीपककुमार साहले भने, ‘दुई वर्ष कोरोनाले पढाइ हुन सकेन ।अब धमाधम पढाइ हुन थालेपछि राम्ररी पढुँला भनेको त, पढाई सुरु भए पनि किताब पाउन सकेको छैन ।’ किताब न भएपछि के पढ्ने भन्ने चिन्तामा छन् उनी । उनले आफूहरू सबै ठाउँको विद्यार्थीभन्दा पछाडि पर्ने चिन्ता व्यक्त गरे । ‘सबै ठाउँको विद्यार्थीले पाठ्यपुस्तक पाउने हाम्रो गाउँपालिकाको विद्यार्थीले नपाउने । हामीमाथि अन्याय भएकोछ’, साहले दुखेसो पोखे ।

सोही विद्यालयको कक्षा ८ मा अध्ययनरत अमिषा मण्डलले पीडा पनि साहको जस्तै छ । स्थानीय तहले पाठ्यपुस्तकको लागि बजेट निकासा नगरेका कारण किताब पाउन नसकेको उनको गुनासो छ । उनले गाउँपालिकाले आफूहरूलाई अन्धकारमा धकेलेको बताइन् । ‘स्थानीय तहले त वास्ता गरेन । तर, शिक्षा जस्तो संवेदनशील क्षेत्रमा प्रदेश र संघीय सरकारले पनि ध्यान दिएन’, उनले भनिन् ।

कक्षा ९ मा अध्ययनरत विनोदकुमार मण्डल राज्यले आधारभूत आवश्यकताबाट नै वञ्चित गरेको बताउँछन् । छिन्नमस्ता गाउँपालिका वडा नम्बर ६ कुपहीका कपिल मुखियाले गाउँपालिकाका कुनै पनि सामुदायिक विद्यालयमा पाठ्यपुस्तक नभएको बताए । पाठ्य पुस्तकको समस्याले विद्यार्थी र शिक्षक दुवै मारमा परेका छन् ।

गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डलले  गाउँसभा गराउन नसकेको दुई पटक भएको उनको गुनासो छ । यसको प्रभाव यस गाउँपालिकाको हरेक क्षेत्रमा परेको उनी बताउँछन् । सबै तिरका बालबालिकाले दिवा खाजा खाई रहेको बेला आफ्नो गाउँपालिकाका बालबालिकाले भोकभोकै बस्नु परेकोले तत्काल सम्बन्धित निकायले समस्याको समाधान गर्नुपर्ने उनको माग छ ।

छिन्नमस्ता गाउँपालिका आधारभूत विद्यालय बरहीविरपुरका शिक्षक चुनचुन यादवले यसअघि पनि आन्दोलन गरेपछि तलब भत्ताको लागि मात्र गाउँसभा बसेपछि शिक्षकले ८ महिनाको तलब पाएको बताए । तलब खान पुनः आन्दोलन गर्ने बेला आएको उनी बताउँछन् । दशैँ जस्तो चाँडवाँडमा पनि तलब नपाएपछि आफूहरू मारमा परेको उनी बताउँछन् ।

गाउँ कार्यपालिका कार्यालयका निमित्त प्रशासकीय अधिकृतको अध्यक्षतामा समस्या समाधानका लागि विभिन्न समयमा बैठक बसे पनि कुनै सुनुवाइ नभएपछि २०७८ कात्तिक ११ गते गाउँपालिका मातहतका शिक्षक कर्मचारीको संयुक्तरूपमा बसेको बैठकले चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको छ ।

कात्तिक ११ गतेदेखि १५ गतेसम्म समस्या समाधानका लागि कार्यपालिकालाई समय दिइएको छ । १६ गते छिन्नमस्ता बजारको परिक्रमा गरी पत्रकार सम्मेलन गर्ने, २२ गतेदेखि २७ गतेसम्म कार्यालय समयमा हातमा कालो पट्टी बाँधेर काम गर्ने, २८ गतेदेखि कात्तिक मसान्तसम्म रिले अनसन थाल्ने, मंसिर १ गतेदेखि सबै कामकाज ठप्प गरी गाउँपालिकाको कार्यालय अगाडि धर्ना दिने कार्यक्रम रहेका छन् ।

यस सम्बन्धमा नेपाल शिक्षक महासंघका अध्यक्ष दिनेशप्रसाद यादवले गाउँपालिकाको कमीकमजोरीले विद्यार्थी पाठ्यपुस्तकबाट वञ्चित हुनु, बालबालिकाले दिवा खाजा खान नपाउनु, शिक्षकले चाड पर्वमा पनि तलब खान नपाउनुभन्दा दुर्भाग्यपूर्ण अरू केही हुन नसक्ने बताए । गाउँपालिकामा माद्यामिक तीन, आधारभूत १३ गरी १९ विद्यालयमा पाँच हजार ८६ विद्यार्थी तथा एक सय ४५ शिक्षक कर्मचारी रहेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रैथाने उत्पादनको बजार विस्तार तथा प्रवर्द्धन गर्न आवश्यक : सभामुख अर्याल
२०८३ कार्तिक २३, सोमबार
नेपाली मौलिक संस्कृति र चाडपर्वमाथि हमला भइरहेको छ, संरक्षणमा जुटौँ : केपी ओली
२०८३ कार्तिक २३, सोमबार
किताबसँगै जीवनको सीप सिक्दै विद्यार्थी
२०८३ कार्तिक २३, सोमबार
तिहारले आपसी सद्‌भाव र समृद्धिको भावना अभिवृद्धि गर्छ : राष्ट्रपति पौडेल
२०८३ कार्तिक २३, सोमबार
रैथाने सांस्कृतिक परम्परामा तिहारको विशेष महत्व : उपराष्ट्रपति यादव
२०८३ कार्तिक २३, सोमबार
कोप–३१ को उद्घाटनकै दिन नेपालका महत्वपूर्ण कार्यक्रम
२०८३ कार्तिक २३, सोमबार
बाजुरा जिल्ला अदालत तिहार बिदामा पनि खुला रहने
२०८३ कार्तिक २३, सोमबार