काठमण्डौंः विगत लामो समयदेखि आन्तरिक राजस्व विभागले अन्तःशुल्क स्टिकर छाप्न नसकेको अवस्थामा मदिरामा टाँस्ने अन्तःशुल्क स्टिकरको नक्कली धन्दा बढ्दै गएको छ । हरेक पटक नक्कली स्टिकरको धन्दा चल्ने र समातिने फेरि मिलेमतोमा छुट्ने पुरानो प्रचलन यसपटक पनि भएको छ ।
हरेक पटक नक्कली अन्तःशुल्क स्टिकरको धन्दामा जोडिने क्रिष्टल डिस्टिलरीका मालिक फुलसिंह क्षेत्रीलाई उच्च राजनीतिक संरक्षणमा यसपटक पनि उम्काइएको छ । नक्कली स्टिकर प्रकरणमा जेल पर्ने डरले राजनीतिक संरक्षण खोजेका क्षेत्रीलाई उम्काउन भन्दै आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेललाई राजनीतिक निर्देशन दिइएको हो ।
स्रोतका अनुसार क्षेत्रीको क्रिष्टल डिष्टिलरीमा नक्कली अन्तःशुल्क स्टिकर सप्लाई गर्ने बाबुराजा कसोधन र एजेन्ट कुलप्रसाद पण्डित भीम’ सपरेका मेत पक्राउ गरी बयान समेत लिइसक्दा राजनीतिक दबाबमा क्षेत्रीलाई पक्राउ नगरिएको हो । यस्तै नक्कली अन्तःशुल्क स्टिकरको धन्दा गरेको आरोपमा धागढीमा हरकेश सिंह, संक्राम सिंह साउद विजय कलवार र राजकुमार शाह पक्राउ परेका छन् ।
नक्कली अन्तशुल्क स्टिकर बनाइ ओसारपसार तथा भण्डारण समेत गरेको आरोपमा पक्राउ परेका उनीहरुलाई आन्तरिक राजस्व कार्यालय धनगढीले तोकेको जरीवाना ठहर गर्दै राजश्व न्यायाधिकरणले सजिलै उन्मुक्ति दिनेछ । आर्थिक दैनिक
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया