काठमाण्डौंः विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले आइतवार रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग भेट गरेका छन् । सो अवसरमा उनीहरू बीच विश्वव्यापी स्वास्थ्य संरचनालाई सुदृढ गर्ने विषयमा छलफल भएको जनाइएको छ।
उक्त अवसरमा विश्व स्वास्थ्य संगठनको मुख्य भूमिकालाई केन्द्रमा राखेर स्वास्थ्यसँग सम्बन्धित जटिलता र सम्भावित खतरा रोक्न सहमति जनाइएको छ । साथै आगामी विश्व स्वास्थ्य सम्मेलनको विशेष सत्रमा महामारी नियन्त्रणको तयारी सम्बन्धी अन्तरराष्ट्रिय सम्झौताबारे पनि छलफल भएको छ ।
यो भेट हालै देशमा बढ्दो कोरोना भाइरसको सङ्क्रमणका बीच भएकाले अर्थपूर्णरूपमा हेरिएको छ। रुसमा शनिबार मात्रै ४०,२५१ जना नयाँ सङ्क्रमित फेला परेका छन् भने १,१६० ले ज्यान गुमाएका छन् । रासस-एएनआई
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया