बैसाख २७, २०८३ आइतबार May 10, 2026

छाउपडी उन्मुलन गर्न स्थानीय तहलाई प्रशासनको पत्राचार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

डोटी । जिल्ला प्रशासन कार्यालय, डोटीले छाउपडीविरुद्ध सक्रिय भएर लाग्न जिल्लाका सरोकारवाला निकायहरूलाई पत्राचार गरेको छ ।

महान्यायाधिवक्ताको कार्यालयले छाउपडी प्रथाविरुद्ध उत्रन पत्राचार गरेपछि जिल्लाका सबै सरोकारवाला निकायलाई पत्राचार गरिएको जिल्ला प्रशासन कार्यालय, डोटीले जनाएको छ ।

गत मंसिर १७ गते अछामको साँफेबगर नगरपालिका–३, सिद्धेश्वर डिक्रेनीको छाउ गोठमा सुतेकी २१ वर्षीया पार्वती बुढा रावलको भएपछि महान्यायाधिवक्ता कार्यालयले छाउप्रथा रहेका जिल्लाहरूमा पत्राचार गर्दै यसविरुद्ध कठोर ढंगले प्रस्तुत हुन पत्राचार गरेको थियो ।

डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले महान्यायाधिवक्ता कार्यालयको निर्देशनअनुसार छाउपडी प्रथा उन्मुलनका लागि जिल्लाका सबै स्थानीय तह र सरोकारवालाहरूलाई पत्राचार गरिएको बताएका छन ।

पत्रमा सामाजिक सामाजिक कुप्रथा छाउपडीले सामाजिक अपराधमा बढाउँदै लगेकाले यसको अन्त्यका लागि भूमिका खेल्न भनिएको छ । साथै मुलुकी अपराध संहिता, २०७४ को प्रावधानबारे स्मरण गराउँदै सोहीअनुरूप कारबाही गर्न पनि निर्देशन दिइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लायन्स डिस्ट्रिक्ट ३२५ के नेपालको बागमती क्याबिनेट विस्तार सम्पन्न, ५४५ बढीलाई जिम्मेवारी
२०८३ बैसाख २७, आइतबार
खोकनामा ‘चीन छोङछिङ–नेपाल तरकारी तालिम केन्द्र’ स्थापना गरिने
२०८३ बैसाख २७, आइतबार
यातायात व्यवसायीको समस्याको समाधान सरकारले खोज्नेछ : मुख्यमन्त्री पाण्डे
२०८३ बैसाख २७, आइतबार
मधेसमा कांग्रेस नेतृत्वको सरकारलाई चार दलको समर्थन
२०८३ बैसाख २७, आइतबार
संविधान संशोधनबारे विभिन्न राजनीतिक दल र विज्ञबीच छलफल
२०८३ बैसाख २७, आइतबार
अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु
२०८३ बैसाख २७, आइतबार
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
२०८३ बैसाख २७, आइतबार