काठमाडौंः पूर्वपञ्च भनेर चिनिने राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनको मिति नजिकिएसँगै नयाँ नेतृत्वका विषयमा वहश सुरू भएको छ । विभिन्न चरणमा फुट व्यहोरोको राप्रपा अहिलेको अवस्थमा तीनवटा दल मिलेर बनेको छ ।
विगतको फुटबाट पाठ सिक्दै राष्ट्रिय राजनीतिमा खरो उत्रिनु पर्ने अवस्थामा रहेको राप्रपा एक जुट भएर निर्वाचनमा जाने हो भने आगामी निर्वाचनमा आफूलाई राष्ट्रिय राजनीतिमा स्थापित गर्न सक्ने अवस्था रहेको राजनीतिक विश्लेषहरू बताउँछ । यतिबेला प्रमुख भनिएको सबै जसो राजनीतिक दल विभाजित अवस्थामा छन् वा आन्तरिक किचलोमा फसेका छन् । यस्तो अवस्थामा आगामी महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेर नयाँ एजेण्डा र मुद्दा लिएर जनतामा जाँदा राप्रपाले आफूलाई राष्ट्रिय राजनीतिमा स्थापित गर्ने अवसर रहेको छ ।
हाल तीन अध्यक्ष रहेको राप्रपाका तीनवटै अध्यक्षलाई जनताले हेरिरहेको अवस्थामा अब नयाँ नेतृत्वलाई अगाडि सार्न सके नयाँ नेतृत्वलाई जनताले विश्वास गर्ने अवस्था हुन सक्छ । किन भने वर्तमान तीनै जना अध्यक्ष विचार र एजेण्डामा अस्थिर रहेका पात्र हुन् । संवैधानिक राजतन्त्र र हिन्दू राज्यको पक्षमा आवाज उठाउने वर्तमान अध्यक्ष कमल थापाले पैसासँग पद साटेको अरोप लाग्ने गरेको छ ।
जनताले तत्कालीन राप्रपा नेपाललाई | विश्वास गरेर संविधानसभाको चौथो शक्ति बनाउँदासमेत त्यसलाई क्यास गर्न नसकेका | थापा फेरि अध्यक्ष बन्ने दाउमा रहेका छन् । तर उनी थापा फेरि पनि अध्यक्ष बने भने त्यसले राप्रपाप्रतिका आकर्षण बढ्ने भन्दा पनि भन घट्ने निश्चित छ । उनी पद र पैसाको लागि सिद्धान्तसँग सम्झौता गर्ने नेता हुन् । जनभावना साप्ताहिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया