श्रावण २, २०८२ शुक्रबार July 18, 2025

प्रधानन्यायाधीश राणाले खोजेकै हुन त ‘सम्मानजनक बहिर्गमन’ ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू निकटका न्यायाधीशमार्फत इजलास बहिष्कार गरेका न्यायाधीशहरूलाई आफू सम्मानजनक निकास दिने निचोडमा पुगेको सन्देश पठाएका छन् । प्रधानन्यायाधीश निकट न्यायाधीश डा. मनोजकुमार शर्मालाई उनले सो सन्देश पठाएका हुन् ।

‘आइतबार संयुक्त बैठकमा न्यायाधीश शर्माले प्रधानन्यायाधीश राणाको सन्देश सुनाउँदै भन्नुभयो, सम्माननीयज्यूले सम्मानजनक निकास चाहनुभएको छ । कसरी छलफल गर्न सकिन्छ भनेर भन्नुभयो,’ एक न्यायाधीशले राजधानीसँग भने, ‘त्यसपछि हामीले छलफल गरेर एकपटक वार्ताका लागि समिति बनाउने निर्णयमा पुग्यांै ।’

सम्मानजनक बहिर्गमनको बाटोमा रहेको कुरा आएपछि न्यायाधीश डा. शर्मासहितको तीन सदस्य वार्ता टोली गठन गरिएको छ । वार्ता टोलीमा न्यायाधीश अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र न्यायाधीश डा. मनोजकुमार शर्मा छन् । आइतबार नै सो टोलीले प्रधानन्यायाधीशसँग एक चरण छलफल गरिसकेको एक न्यायाधीशले जानकारी दिए । प्रधानन्यायाधीशसँग भेटको निष्कर्ष के आयो भन्नेबारेमा सोमबारको बैठकमा छलफल हुने ती न्यायाधीशले जानकारी दिए ।

सर्वोच्च स्रोतका अनुसार प्रधानन्यायाधीश राणाले अहिले खोजेको सम्मानजनक बहिर्गमन भनेको आउँदो वर्षको असार मसान्तसम्म प्रधानन्यायाधीश रहने हो । असार मसान्तलगतै राजीनामा दिएर मार्ग प्रशस्त गर्ने प्रधानन्यायाधीश राणाको मूल सन्देश रहेको स्रोतले बतायो ।

२७ मंसिर २०७९ मा ६५ वर्षे उमेर हदका कारण अवकाश पाउने जबराले २०७९ असार मसान्तबाट बिदा हुने सांकेतिक सन्देश पठाएका हुन् । त्यसो हुँदा अहिले रोलक्रममा रहेका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की तीन महिनाका लागि प्रधानन्यायाधीश हुन पाउनेछन् । कार्कीको अवकाशपछि रोलक्रमअनुसार न्यायाधीश मीरा खड्काको वैशाखमै अवकाश हुने भएपछि न्यायाधीश हरिकृष्ण कार्की दुई महिनाअघि नै प्रधानन्यायाधीश हुनेछन् । राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार