श्रावण २, २०८२ शुक्रबार July 18, 2025

माेदीलाई नेपाल भ्रमणकाे निम्ताे, निकट भविष्यमा आउने वचन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालमा भ्रमण हुने बताउनु भएको छ ।

प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच मंगलबार भएको द्धिपक्षीय भेटवार्तामा आफूले चाडै नेपाल भ्रमणका लागि निम्तो दिएको बताउनुभयो । संयुत्त अधिराज्य(बेलायत) को ग्लास्गोमा आयोजना भैरहेको संयुत्त राष्टसंघीय संरचना महासन्धी पक्ष राष्टहरुका २६ औँ सम्मेलनको वल्र्ड लिडर सम्मेलनमा भाग लिने क्रममा दुई देशका प्रधानमन्त्रीबीच भएको साइडलाइन भेटवार्तापछि पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले आफ्ना समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको जानकारी दिनुभयो ।

भेटवार्तामा नेपाल र भारतबीचको सम्बन्धलाई थप बलियो र प्रगाढ बनाउने विषयमा कुराकानी भएको थियो । भेटवार्तामा दुई देशबीचको सहयोगात्मक सम्बन्धलाई अझ बढाउने विषयमा समेत कुराकानी भएको छ ।

भेटमा प्रधानमन्त्री देउवाले नेपालमा हाल रासायनिक मलको अभाव भैरहेको सन्र्दभमा भारतीय पक्षले नेपाललाई पहिले जस्तै सहयोग गरेको स्मरण गराउँदै यस्तो सदभावले निरन्तरता पाउने आशा व्यतm गर्नुभयो । उहाँले रासायनिक मलको आपूर्ति निरन्तर बन्नेमा आफु विश्वस्त रहेको बताउनुभयो । जवाफमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको आवश्यकता जे हो नेपाललाई पनि त्यस्तै संझेर सहयोग गर्ने वचन दिनुभयो । भेटका क्रममा प्रधानमन्त्री देउवाले नेपालले भारतलाई अनुरोध गर्दै आएको नेपालगन्ज र महेन्द्रनगरबाट हवाई मार्ग प्रवेशको स्वीकृतिका लागि आग्रह पनि गर्नुभयो । जवाफमा भारतीय प्रधानमन्त्री मोदीले नेपालको खाँचो र आवश्यकतालाई सकारात्मक रुपमा लिने बताउनुभयो ।

भेटवार्तामा सहभागी परराष्ट्र सचिव भरतराज पौड्यालका अनुसार प्रधानमन्त्री देउवाले कोभिड महामारी अझै रहन सक्ने भएकाले विगतमा जस्तै भारतको सहयोग पछिसम्म निरन्तर पाउनेमा आफु विश्वस्त रहेको बताउनुभो थियो ।

भारतले नेपाललाई अहिलेसम्म पूर्वाधार,पुर्ननिमार्ण लगायतका क्षेत्रमा दिएको सबैप्रकारको सहयोगप्रति धन्यवाद दिदै यसले निरन्तरता पाउनेमा आफू विश्वस्त रहेको बताउनुभयो । विशेषगरी कोभिड महामारीमा भारतीय पक्षले औषधि,स्वास्थ उपकरण लगायतमा पुयाएको सहयोग महत्वपूर्ण भएको बताउँदै यस्ता सहयोगले निरन्तरता पाउने कुरामा आफू विश्वस्त रहेको प्रधानमन्त्री देउवाले बताउनुभयो । गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार