श्रावण २, २०८२ शुक्रबार July 18, 2025

कोभिडविरुद्ध सुईको साटो खाने चक्कीलाई पहिलो पटक बेलायतद्वारा अनुमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः लक्षण देखिने कोभिडका बिरामीहरूको उपचारका लागि बनाइएको पहिलो खाने चक्कीलाई पहिलो पटक बेलायतको औषधि नियामक निकायले अनुमति दिएको छ ।

मोल्न्यूपिरभीर नाम दिइएको उक्त चक्की कोभिडको ताजा लक्षण देखिएका बिरामीहरूलाई दिनमा दुई पटक दिइनेछ। शुरूमा रुघाखोकीको उपचारका लागि विकास गरिएको उक्त चक्कीले कोरोना संक्रमणबाट अस्पताल भर्ना हुनुपर्ने अथवा मृत्यु हुने जोखिमलाई आधाले घटाइदिएको क्लिनिकल परीक्षणहरूबाट देखिएको छ।

बेलायतका स्वास्थ्यमन्त्री साजिद जाविदले दुर्बल तथा रोगप्रतिरोधी क्षमता कमजोर भएका मानिसहरूका लागि यो ओषधी महत्त्वपूर्ण हुने बताएका छन्। उनले कोभिडका बिरामीको उपचारका लागि घरमै लैजान सकिने एन्टिभाइरललाई अनुमति दिने बेलायत विश्वकै पहिलो मुलुक बनेको पनि बताए ।

अमेरिकी कम्पनीहरू मर्क, शार्प एन्ड डोम र रिजब्याक बायोथेराप्यूटिक्सले बनाएको कोभिड विरुद्धको यो पहिलो औषधी हो ।परीक्षणमा रहेको खाने चक्कीले कोभिड अस्पताल भर्ना दरको जोखिम आधा घटाउने पनि अनुसन्धानले देखाएको छ ।

कोरोना भाइरसको हल्कादेखि मध्यमसम्मका लक्षण देखिएका मानिसमा उक्त चक्कीको प्रयोगका लागि अनुमति दिइएको त्यहाँको औषधि नियामक एमएचआरएले बताएको छ। मोटोपन, वृद्धावस्था, मधुमेह वा मुटुसम्बन्धी रोग भएका मानिसलाई कोरोना संक्रमण भएपनि यसको प्रयोग गर्न सकिने छ ।

कोभिडको उपचारमा सुईको साटो खान मिल्ने औषधि विश्वमै पहिलो पटक अनुमोदन गरिएको उक्त संस्थाकी प्रमुख कार्यकारी जुन रेनले भनेकि छन् ।

बेलायतले शुरूमा यो वर्षको अन्त्यसम्ममा ४ लाख ८० हजार ओटा मोल्न्यूपिरभीर चक्की पाउने गरी खरीद सम्झौता गरेको छ। साथै उसले हाल अमेरिकी कम्पनी फाइजरले समेत विकास गर्दै गरेको सोही प्रकृतिको २ लाख ५० हजार चक्की पनि खरीद गर्नेछ। आर्थिक अभियान दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार