मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

कांग्रेस दोलखाका सभापति बर्मा लामा जुवाखालबाट पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नेपाली कांंग्रेस दोलखाका सभापति बर्मा लामा जुवाखालबाट पक्राउ परेका छन् ।

बिहीबार राति काठमाडौंको बौद्धस्थित नयाँबस्तीमा कौडा खेलिरहेका बेला कांग्रेस दोलखा सभापति लामा पक्राउ परेका हुन् ।

विशेष सूचना आधारमा खटिएको प्रहरीको टोलीले जुवा खेलिरहेका बेला लामासहित १८ जना जुवाडेलाई पक्राउ गरेको हो । पक्राउ परेका बर्मा १८ असोजमा भएको जिल्ला अधिवेशनबाट दोलखा जिल्ला सभापतिमा निर्वाचित भएका थिए ।

जुवाखालबाट प्रहरीले ६ लाख रुपैयाँ पनि बरामद गरेको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ । जुवा खेलाउने सागर लामा भने फरार रहेको र उनको खोजी भइरहेकाे प्रहरीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया