वैशाख २२, २०८१ शनिबार May 4, 2024

विद्यालयमा निरन्तर चोरीका कारण शैक्षिक बातावरण बिथोलियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गङ्गा माध्यमिक विद्यालय चोरी भएको छ । सो वडामा भएको पेरेगाउँबाट झण्डै एक किमीको दूरीमा रहेको सो विद्यालयमा पाँच वर्षभित्र १० पटक चोरी भएको हो ।

बारम्बार चोरी हुँदा एकातिर विद्यालय रित्तो बनेको छ भने अर्कोतिर शैक्षिक गुणस्तर बिथोलिएको छ । चोरले कार्यालयमा राखिएका शैक्षिक सामग्री चोर्नेे तथा विद्यार्थीका शैक्षिक प्रमाणपत्र, विद्यालयका महत्वपूर्ण कागजात जलाउने गरेका छन् । जसले गर्दा विद्यालय असुरक्षित बन्दै गएको छ । यो विद्यालयमा सरकारको लगानी बालुवामा पानीजस्तै भएको छ ।

विद्यालयलाई समाजको ऐना हो भनिन्छ । विद्यालयको भौतिक अवस्था, शिक्षक व्यस्थापन, समुदायको निगरानी र न्यूनतम शैक्षिक सामग्रीको उपलब्धता आदिले विद्यालयको वास्तविक चित्रण गर्दछ । गङ्गा मावि पेरेमा भने विद्यालयका कागजात, विद्यार्थीका शैक्षिक प्रमाणपत्र, विद्यालयले खेल क्षेत्रबाट आर्जन गरेका कपसमेत चोरबाट बचाउन घरमा लुकाएर राख्नुपर्ने बाध्यता छ ।

“पाँच वर्षमा १० पटक चोरी हुँदा शैक्षिक गुणस्तर बिथोलियो, विद्यालयजस्तो पवित्र ठाउँमासमेत निरन्तर चोरी भइरहेको छ, यति ठूलो शैक्षिक संस्थासमेत सुरक्षित छैन, मनमा अनेक कुरा खेलिरहन्छन्, पढ्ने मन पटक्कै लाग्दैन”, कक्षा १० मा अध्ययनरत छात्र धर्मसिंह बुढाले भन्नुभयो, “ल्याबका सामग्री एक दिन पनि प्रयोग नगरेरै तोडफोड भएको छ । कम्प्युटर पनि सिक्न नपाएरै चोरको हातमा प¥यो ।” अहिलेको प्रतिस्पर्धाको युगमा विद्यालयको यो भद्रगोल अवस्थाले विद्यार्थीमा निराशा छाएको छ ।

जुन विद्यालयमा विद्यार्थीका शैक्षिक प्रमाणपत्र जल्छन्, त्यो विद्यालयले भविष्यमा कस्तो जनशक्ति उत्पादन गर्ला सहजै अनुमान गर्न सकिन्छ । हामीलाई पढ्ने वातावरण नभएको विद्यार्थी बुढाको भनाइ छ । यो क्षेत्रका छात्राहरु अशिक्षित समुदायका कारण अनेकौँ समस्यासँग जुधिरहनुपरेको छ । “अहिले पनि एउटा कक्षामा ५० प्रतिशत किशोरी बालविवाह गरेका हुन्छन्”, छात्रा जनदेवी बुढाले भन्नुभयो, “पढिलेखी गाउँ समाजलाई समृद्ध बनाउने लक्ष्य बोकेकी उनलाई विद्यालयकै हरिबिजोग भएपछि जाँगर मरेको छ ।” चोरले विद्यालयमा सामान्य पानी खाने बाल्टीसमेत चोरेकोे छात्रा बुढाले बताउनुभयो । गएको शैक्षिक सत्रमा गङ्गा मावि पेरे पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको विजेता बन्यो तर दुर्भाग्य विद्यालयका खेलाडीले कार्यालयमा कप देख्न पाएका छैनन् ।

चोरी हुने डरले घरमै लुकाएर राखिएको छ । कक्षा १० सम्म पढाइ भइरहेको यो विद्यालयमा सबै भवन माटोले बनेका छन् । भौतिक संरचना मजबुत नहुँदा विद्यालय बारम्बार चोरको निसानामा पर्ने गरेको गङ्गा मावि पेरेका प्रधानाध्यापक गोर्खबहादुर बुढाले बताउनुभयो । विद्यालयमा सिसी क्यामेरा जडान गरिको थियो । चोरले कार्यालय फोडेर सिसीक्यामेरासहित हार्डडिक्ससमेत चोरेको विद्यालयले जनाएको छ ।

पातारासी गाउँपालिकामा चोरको शिकार बन्ने विद्यालय गङ्गा मावि पेरे मात्रै होइन, डिल्लीचौर प्रहरी चौकीको आडैमा रहेको ऋणमोक्ष माविमा पनि चोरी भएको छ । दुई वर्ष अगाडि साउने सङ्क्रान्तिको राति विद्यालयबाट १० वटा कम्प्युटर चोरी भएको पातारासी गाउँपालिकाका शिक्षा शाखा प्रमुख जगत्बहादुर शाहीले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार