काठमाण्डौंः अमेरिकामा गत अक्टुबर महीनामा रोजगारी गतिविधि अघिल्ला महीनाहरु भन्दा वृद्धि भएको छ ।
नयाँ पद थपेका कारण निजी क्षेत्रमा नयाँ रोजगारीका अवसरमा वृद्धि देखिएको हो ।कोरोना महामारी नियन्त्रणका लागि सुधारका योजनाहरु सार्वजनिक भएसँगै रोजगारदाता कम्पनीहरुले कर्मचारी भर्ना दर पनि बढाएका छन् ।
ती कम्पनीहरुले विभिन्न सेवा क्षेत्रमा उक्त महीनामा ५ लाख ३१ हजार कर्मचारी नियुक्त गरेका छन्, जुन जुलाई महीनापछि कै सवैभन्दा बढी हो । निजी क्षेत्रको यो प्रयास रोजगार वृद्धिसम्बन्धी विश्लेषकहरूले पूर्वानुमान गरेभन्दा राम्रो भएको बताइएको छ ।
अमेरिकी श्रम विभागले गत शुक्रवार जारी गरेको विवरणमा गत महीनाको बेरोजगारी दर सेप्टेम्बरमा ४ दशमलव ८ प्रतिशतबाट घटेर ४ दशमलव ६ प्रतिशत पुगेको छ ।यसले बेरोजगारी दर बढेको संकेत गरेता पनि कोरोना महामारीभन्दा पहिलाको ३ दशमलव ५ प्रतिशत बेरोजगारी दरभन्दा राम्रो रहेको देखाउँछ ।
कोरोना महामारी विस्तारै नियन्त्रणमा आउन थालेपछि अर्थव्यवस्थामा सुधार आएको छ भने खुद्रा, बैंक तथा सञ्चिती जस्ता क्षेत्रका सेवा कम्पनीको विक्रीवितरणमा तिव्र रुपमा सुधार भइरहेको छ । एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया