श्रावण २, २०८२ शुक्रबार July 18, 2025

चिसो बढेसँगै कोरोनाको संक्रमण बढ्न सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राजधानी काठमाडौंलगायत देशका विभिन्न स्थानमा एकाएक चिसो बढेसँगै फ्लु, इन्फ्लुएन्जा, एचवान एन वानलगायतका विभिन्न भाइरस सक्रिय हुन थालेपछि कोभिड–१९ को संक्रमण बढ्न सक्ने चिकित्सकले बताएका छन् ।

यससँगै आउन सक्ने कोभिडको नयाँ भेरियन्ट (तेस्रो लहर) अझै घातक हुन सक्ने र आवश्यक सर्तकता अपनाउन नसकिए तेस्रो लहरबाट थप क्षति बेहोर्नुपर्ने अवस्था आउने कोभिड–१९ को ’बारेमा अन्तर्राष्ट्रिय अध्ययन गरिररहेका डा. रमेशकुमार आचार्यले जानकारी दिए ।

उनले विभिन्न युरोपियन मुलुकमा डेल्टा भेरियन्ट तीव्र गतिमा फैलिएसँगै नेपालमा नयाँ भेरियन्ट देखापर्न सक्ने बताउँदै त्यसका लागि सरकारले पूर्वतयारीस्वरूप पर्याप्त मात्रामा आइसोलेसन वार्ड र हस्पिटल बेडको व्यवस्थापन गर्नुपर्ने आवश्यकता औल्याए । डा. आचार्यले पुनः संक्रमण बढ्दै जान सक्ने र अस्पतालमा शय्या, आईसीयू, भेन्टिलेटर र अक्सिजन कमी हुन सक्ने भएकाले स्वास्थ्य मन्त्रालयले समयमा नै उचित व्यवस्थापनमा ध्यान पु-याउनुपर्ने सुझाव दिए ।

डा. आचार्यका अनुसार आगामी पुस, माघ र फागुनमा डेल्टा र साउथ अफ्रिकन सिवान भेरियन्ट डेल्टाभन्दा संक्रामक नयाँ भेरियन्ट फैलन सक्ने र ब्रेक थ्रु इन्फेक्सन भएर भ्याक्सिनलाई छल्न सक्ने सम्भावनासमेत रहेको छ । नेपालमा हाल ८० लाखभन्दा बढी नागरिकले भ्याक्सिन लगाउनु सकारात्मक भएको र त्यसले एन्टिबडी विकास भई कोभिडसँग लड्न सक्ने क्षमताको विकास भएको डा. आचार्यको भनाइ छ ।

अन्तर्राष्ट्रिय रूपमा नै कोभिडको अध्ययन गरिररहेका डा. आचार्यका अनुसार हाल युरोपको स्पेन, नर्वे, इटली, जर्मनी, लंगजेनवर्गमा डेल्टा भेरियन्ट तीव्र गतिमा फैलिरहेकाले त्यसको असर नेपालमा पनि पर्न सक्ने देखिएको छ । यसैगरी साउथ अफ्रिकामा तेस्रो लहरको सी वान टु र सी वान भाइरस तीव्र गतिमा फैलिरहेकाले कोभिडको जोखिम यथावत् रहेको आचार्यले बताए । राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार