श्रावण २, २०८२ शुक्रबार July 18, 2025

सत्ता गठबन्धन बैठकः सरकारलाई सघाउन समन्वय समिति गठन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सरकारका काम कारबाही प्रभावकारी बनाउने र सत्ता गठबन्धन दरिलो बनाउने उद्देश्यसहित पाँच दल आबद्ध सत्ता गठबन्धनले उच्चस्तरीय राजनीतिक समन्वय समिति बनाएका छन् ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धन आबद्ध पाँच दलको बैठकले ११ सदस्यीय राजनीतिक समन्वय समिति गठन गरेको हो । समितिमा गठबन्धनमा रहेका दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबाट सदस्य रहनेछन् ।

समितिको पहिलो बैठकको नेतृत्व र पहिलो संयोजकको भूमिका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गर्नेछन् भने समितिको नेतृत्व दुई÷दुई महिनामा आलोपालो प्रणालीबाट फेरबदल गर्ने सहमति छ ।

समितिमा कांग्रेसबाट नेता कृष्णप्रसाद सिटौला सदस्य तोकिएका छन् । यस्तै, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीबाट माधवकुमार नेपाल, जसपाबाट उपेन्द्र यादव तथा राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी र दुर्गा पौडेल सदस्य रहने तोकिएका छन् ।

माओवादी केन्द्र, नेकपा एस र जसपाबाट भने अन्य एक÷एक जना सदस्यको नाम टुंगो लगाउन बाँकी छ । यसैगरी, समन्वय समितिमा प्रधानमन्त्री शेरबहादुर देउवा भने सदस्य रहने छैनन् । उनी समितिको बैठकमा भने सहभागी हुनेछन् । समितिमा सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सदस्य तोकिएका छन् ।

समितिका संयोजक कांग्रेस वरिष्ठ नेता पौडेलले पाँच दलीय सत्ता गठबन्धनमा एकता काम गर्ने र आगामी निर्वाचनसम्म गठबन्धनलाई सँगै अघि बढाउने गरी समिति बनाइएको बताए ।

समन्वय समिति गठन गर्ने विषयमा सोमबार बिहानै प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छलफल भएको थियो । सो समितिमार्फत अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा सहमति खोज्ने सत्ता आबद्ध गठबन्धनको तयारी छ । राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार